धनकुटा जिल्ला हुँदै बग्ने तमोर नदीमा आज र भोली नदीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाको भनाइ

धनकुटा,१५ असार । सोमबार देखि परेको लगातार बर्षाका कारण धनकुटा जिल्ला हुँदै बग्ने तमोर नदीमा पनि आज र भोली नदीको बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज जारी गरेको बुलेटिनमा प्रदेश १ का झापा, मोरग, सुनसरी, धनकुटा र इलाम जिल्ला लाई महाशाखाले बाढीको उच्च जोखिमको जिल्लामा राखेको छ ।

तमोर , कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई, नारायणीका नदीहरू सेती, कालिगण्डकी, मादीमा ठूलो बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।यी नदीमा बुधबार र बिहीबार वहाब उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

बेँसीशहर – चामे सडक अवरुद्ध
लमजुङ, १५ असार /लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर-चामे खण्ड अवरुद्ध भएको छ ।

बेंसीशहर नगरपालिका-६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका-९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । मनाङतर्फ म्यार्दी भिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

डुम्रे–बेंसीशहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्‍याएको छ ।

मनाङतर्फको बाटो खुलाउने प्रयास भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖