धनकुटामा पनि यसरी मनाइयो धान दिवस
धनकुटा,१५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसको अवसरमा धनकुटामा रहेका विभिन्न कृषिसंग सम्वन्धित समुह, सहकारी, संस्था र कार्यलयहरुले आज धान दिवश मनाएका छन् ।
आज खेतमा काम गरी दहीच्युरा खाएर धान दिवश मनाउने गरिन्छ । वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
धान दिवशका दिन वास्तविक किसान भन्दा पनि टिकटक बनाउने, फेसबुकमा फोटो राख्नका लागि मात्र खेतमा पुग्नेको संख्या बढ्दै गएको भन्दै सामाजिक संजालमा धान दिवस लाई लिएर विभिन्न टिका टिप्पणी गर्नेे कार्य बढ्दै गएको छ ।
नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति भने प्राचीनकालदेखि चल्दै आएको छ ।

तस्बिर : मिलन खड्गीको फेसबुक बाट


