पाख्रीबास र उर्लाबारीका युवा प्रहरी नियन्त्रणमा

धनकुटा,१५ असार । धनकुटा नगरपालिका ३ मा रहेको ट्रायल सेन्टरमा कागजात समेत चेकजाँच गर्न नदिई डिउटीमा खटिएका प्रहरीको टोली माथि हा’तपा’त गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकामा धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ६ वर्ष २३ को राजु परियार र मोरङको उर्लावारी नगरपालिका वडा नं १ वस्ने वर्ष १९ को दिवस विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यलय धनकुटाको हिरासतमा म्याद थप गरी राखेको र थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि…
ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ : मन्त्री रेग्मी
काठमाडौँ, १५ असार (रासस) :महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । एसएस हस्पिटालिटी सोलुशन प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सङ्घसंस्थाको भूमिका तथा सम्मान कार्यक्रम’मा उहाँले पर्यटन, कृषि र जलविद्युत्मार्फत देशको विकास गर्नुपर्ने बताउनुभयो ।

“मुलुकभित्रका दूरदराजका ग्रामीण क्षेत्रमा ‘होमस्टे’ सञ्चालन गरी पर्यटकलाई सहुलियत दरमा खान र बस्ने सेवा प्रदान गर्नसके नेपालको पर्यटन क्षेत्रले थप फड्को मार्ने विश्वास मैले लिएको छु”, उहाँले भन्नुभयो । मुलुकलाई चिनाउनका लागि हस्पिटालिटी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ । मन्त्री रेग्मीले गाउँका युवा रोजगारीका लागि विदेश पलायन हुँदा गाउँघरमा ज्येष्ठ नागरिक र महिलामात्र बाँकी रहेको भन्दै युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

पर्यटन, कृषि र जलविद्युत क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको उहाँको भनाइ थियो । उहाँले दूरदराजका बसेका महिलाको जीविकोपार्जन सुधारका लागि आफ्नो मन्त्रालयले उद्यमशीलता तालिम प्रदान गर्दै आएको बताउनुभयो ।

ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगबाटै देशको विकास हुने भन्दै उद्योगमैत्री वातावरणका लागि पूर्वाधार विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको झगडाका कारण आम पर्यटन व्यवसायी मारमा परेका छन्”, उहाँले भन्नुभयो । अध्यक्ष सुवेदीले राष्ट्रको विकासका लागि कलम चलाउन सञ्चाकर्मीलाई आग्रहसमेत गर्नुभयो ।

होटल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालको पर्यटन प्रवद्र्धनमा एसएस हस्पिटालिटीले महत्वपूर्ण भूमिका रहेको भन्दै होटल एशोसिएशन हस्पिटालिटी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । एउटा पर्यटक नेपाल आउँदा ११ जना नेपालीले रोजगारी पाउने भन्दै जतिसक्दो धेरै पर्यटक भित्र्याउन राज्य लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले मुलुक आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । डेरी एशोसिएशन अफ नेपालका अध्यक्ष प्रह्लाद दाहालले दैनिक देशभर ६२ लाख लिटर दूध उत्पादन हुने गरेको बताउनुभयो । उहाँले डेरी व्यवसायबाट देशभरबाट छ लाख जनताले रोजगारी पाएको उल्लेख गर्नुभयो । सोही अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का समचारदाता अच्युत रेग्मीसहित विभिन्न विधामा विशेष योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।