धनकुटा नगरपालिका वडा नम्बर ५ को वडा भेला सम्पन्न
धनकुटा,१६ असार । धनकुटा नगरपालिका वडा नम्बर ५ को वडा भेला सम्पन्न भएको छ ।
आगामी आर्थिक बर्ष भित्र वडामा गर्नु पर्ने विकास निर्माण, समाजिक कामका बारेमा भेलामा छलफल भएको थियो । वडा भित्र गर्नु पर्ने कामको बारे वडा भित्र रहेका टोलबस्ती संगठन, विद्यालय, समाजिक संघ संस्था, क्लबहरुले आ आफ्ना मागहरु प्रस्तुत गरेका थिए ।
वडा भेलामा बोल्दै धनकुटा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनकुमार राईले टोलबस्ती संगठन, विद्यालय, समाजिक संघ संस्था, क्लबहरु बाट आएका विकासका मागहरु लाई वडा, पालिका, प्रदेश सरकार, संघिय सरकार सम्म लगेर पुरा गर्नका लागि वडाले पहल गर्ने बताउनु भयो ।
त्यस्तै टोलबस्ती संगठन, विद्यालय, समाजिक संघ संस्था, क्लबका प्रतिनिधीहरुले प्राथमिकताका आधारमा मागहरु सम्बोधन हुदै जाने भएकोले सबै मागहरु एकै चोटी पुरा नहुने भएकोले वडाले काम गर्दा प्राथमिकता लाई ध्यान दिन सुझाव दिनु भएको थियो । सो अवसरमा शिक्षा, स्वाथ्य, खानेपानी, पूर्वाधार विकास लगायतका मागहरु प्रस्तुत भएका थिए ।
वडा भेलामा टोलबस्ती संगठन, विद्यालय, समाजिक संघ संस्था, क्लबका प्रमुख तथा प्रतिनिधी सहित कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ, वडा सदस्यहरु गोविन्द राई दुर्गा दर्जि, टिका श्रेष्ठ, पूर्व वडा सदस्य सिता श्रेष्ठ प्रधान लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य गोविन्द राईले राख्नु भएको थियो भने कार्यक्रको संचालन वडा सचिव मन्जु कार्किले गर्नु भएको थियो ।


