नेपाल शिक्षक संघ धनकुटा नगर समितिले नगरप्रमुखलाई बुझायो ध्यानाकर्षण पत्र

धनकुटा,१६ असार । नेपाल शिक्षक संघ धनकुटा नगरसमितीले शिक्षा क्षेत्रको सुधारको माग गर्दै धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ्गलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

शिक्षक संघले विभिन्न माग राख्दै नगरप्रमख लाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघले नगरपालिका भित्र रहेका सामुदायीक विद्यालय शिक्षक तथा कर्मचारीको पारिश्रमिक तथा तलब भत्ता मासिक रुपमा निजहरुको बैंक खातामा नगरपालिकाले नै जम्मा गर्ने व्यवस्था मिलाउन, शिक्षकहरुको दरबन्दी मिलानको प्रक्रियाको सम्बन्धमा धनकुटा नगरपालिका भित्र कार्यरत रहेका बारम्बार दरबन्दी मिलानका नाममा असुरक्षित भई शिक्षण कार्य गरी रहेको अवस्था रहेकोले यस पालिका भित्र रिक्त दरबन्दी भएका क्रमश अन्य पालिकाहरुमा पठाउँदै जाने अन्य जिल्ला तथा पालिकाहरुमा स्वच्छिक रुपमा सरुवा हुन जान चाहनेहरुलाई जान दिने साथै विद्याथी संख्याको आधारमा अपायक नपर्ने गरी शिक्षकका पेशागत संगठन संग परामर्श गरि उपयुक्त विधी छनोट गरी दरबन्दी व्यावस्थापन गर्ने लगायतका १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको नेपाल शिक्षक संघ धनकुटा नगरपालिकाका सचिव विनोद प्रसाद सुवेदीले जानकारी दिनु भयो ।

ध्यानाकर्षण बुझाउने कार्यक्रमा नेपाल शिक्षक संघ प्रदेश १ उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र बहादुर लिम्बु, नेपाल शिक्षक संघ धनकुटा नगर अध्यक्ष लक्ष्मीप्रसाद सापकोटो लगायतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।