डेनमार्कका क्लारा र भारतका अमितद्धारा धनकुटाको कृषि गतिबिधि अध्ययन सम्पन्न

जीवनप्रसाद राई,धनकुटा । धनकुटाको बेलहरा क्षेत्रमा हुने गोलभेडा खेती, धनकुटा नगरपालिका क्षेत्रभित्रमा भईरहेको एभोकाडो खेती बिस्तार तथा पाख्रीबास नगरपालिकामा भईरहेको कफी, स्कुस तथा बिभिन्न तरकारी खेतीको बारेमा डेनमार्कका क्लारा र भारतका अमितद्धारा अध्ययन अवलोकन भ्रमण गर्नुका साथै बिभिन्न कृषकहरु संग अन्तरकृया कार्यक्रम संचालन गरिएको थियो ।

उर्जा नामक कम्पनीद्धारा धनकुटा जिल्लाको कृषि उत्पादनलाई ब्यवसायिक बिस्तार गर्नका लागि सिंचाई, सानो क्षेत्रमा पनि संचालन गर्न सकिने कोल्डस्टोर, तथा अन्य कृषिको ब्यवसायिकरणमा चासो राखेको देखिन्छ । उक्त कम्पनीले कृषिको ब्यवसायीकरणमा सिंचाई, भण्डारण लगायतका बिबिध क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।

धनकुटा जिल्ला पछिल्लो समयमा कृषिमा धेरै नीति निर्माण क्षेत्रबाट तथा दातृनिकायबाट समेत कृषिको बिकासमा ब्यवसायिक खेती बिस्तार भईरहेको । उर्वर जिल्लाको रुपमा लिदै आईरहेका छन । बिगत दुई दशक देखि हुदै आएको गोलभेडा खेती, धनकुटा नगरपालिकाले संचालन गरेको एभोकाडो खेती प्रबर्धन, धनकुटा नगरपालिकाकै ड्रागनफल खेती प्रबर्धन कार्यक्रम, पाख्रीबास नगरपालिकाको कफी खेती प्रबर्धन कार्यक्रम , सहिदभुमि गाँउपालिका धनकुटामा हुदै गरेको मोरिङगा खेती प्रबर्धन लगायतको कृषि गतिबिधिले समेत ध्यानाआकर्षण गरेको छ ।

२०७९ असार १३ गते देखि भ्रमण तथा अध्ययन शुरु गरि १५ गते सम्म संचालन भएको यो कार्यक्रम धनकुटाको बेलहरामा गोलभेडा खेती कृषकहरु संग अन्तरकृया शुरु हुदै धनकुटा वडा नम्बर ६ मा एभोकाडो खेतीका कृषकहरु संग अन्तरकृया हुदै अन्तिममा सान्नेका कृषकहरु संग अन्तरकृया गरिएको थियो । अन्तरकृया समापन पश्चत पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञान बहादुर गुरुङको निवासमा धनकुटा जिल्लाको कृषि गतिबिधिहरुको बारेमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा नगरप्रमुख  गुरुङले बिदेशीहरुलाई स्वागत गर्नुहुदै आफ्नो मन्तब्य राख्नु भएको थियो ।

डेनमार्कका क्लाराले आफु धनकुटाको पहिलो भ्रमण गरेको र यहाँको कृषि उत्पादनले निकै प्रभावित पारेको बताए । यसैगरि भारतका अमितले भने यहाँको बातावरण सच्चिकै राम्रो भएको बताए । आफु भारतको नयाँ दिल्लीमा भएको बेला पनि पाख्रीबासलाई सम्झिरहने कुरा बताए । यस कार्यक्रमलाई आयोजना गर्ने कार्य सल्भ नेपाल धनकुटाका कार्यकारी अध्यक्ष राजेन्द्र प्रधानले गर्नुभएको थियो । सल्भ नेपाल एक गैर सरकारी संस्था हुनुका साथै यसले देशभर ग्रामीण अर्थतन्त्र उकास्नका लागि बिकासका बिभिन्न गतिबिधि गर्ने एक सामाजिक संस्था हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖