धनकुटाको हिलेबाट एक युवा पक्राउ ! शंकास्पद अन्य ६ जना पनि प्रहरी नियन्त्रणमा

धनकुटा । धनकुटा १ हिलेबाट एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटा नगरपालिका १ हिले विक टोलका वर्ष २२ का गोविन्द विकलाई विहिवार साँझ ब्रा’उन सु’गर जस्तो देखिने तीन पोका वस्तु सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

प्रहरीले चेकजाँच गर्ने क्रममा ब्रा’उन सु’गर जस्तो देखिने तीन पोका वस्तु फेला पारेपछि विकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “ब्रा’उन सु’गर जस्तो देखिने तीन पोका वस्तु फेला परेको छ, सो वस्तुको वेट कति छ ? ब्रा’उन ‘सुगर हो वा होईन ? अनुसन्धान नगरी भन्न मिल्दैन ।, आज अनुसन्धान हुँन्छ ।“ सो वस्तु के हो ? र तौल कति छ ? भन्ने अनुसन्धान पछि स्पष्ट हुने उहाँले बताउनु भयो ।

यदि हो भने विक माथि म्याद थप गरि कारवाही हुने उहाँले वताउनुभयो । उहाँका अनुसार अन्य ६ जनालाई पनि शंका लागेर नियन्त्रणमा लिईएको छ । उनिहरुमाथि पनि आजै अनुसन्धान हुने प्रहरीले जनाएको छ भने उक्त ६ जनाको नाम प्रहरीले खुलाएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।