खोटाङमा पाँच वर्षकी ना’बालिकालाई जबर्जस्ती क’रणी गर्ने किशोर पक्राउ

खोटाङ, १७ असार । खोटाङमा ५ वर्षकी नाबालिकालाई ज’बर्जस्ती क’रणी गर्ने किशोर पक्राउ परेका छन् । गत १४ असारमा नाबालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जबर्जस्ती क’रणी गर्ने केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका १६ वर्षीय केपिलासगढी (ग) (परिवर्तित नाम)लाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि फरार भएका आरोपितलाई बिहीबार बिहान केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले विज्ञाप्तिमार्फत जानकारी दिएको छ ।

अभियुक्तले आफ्नै घरमा खेलीरहेकी नाबालिकालाई दिउँसो ३ बजे ललाइफकाई बाख्रा खोरमा लगेर जबर्जस्ती क’रणी गरेको प्रहरीले जनाएको छ । नाबालिकाकी आमाले देखेपछि आरोपित फरार भएका थिए । उनलाई इलका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा राति २ बजे नियन्त्रणमा लिएको हो ।

अभियुक्तविरुद्ध जबर्जस्ती क’रणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर निगरानी कक्षमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक रोमनराज अर्यालले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।