जिल्ला अस्पताल धनकुटाका औषधी पसल अब आलोपालो राती पनि खुल्ला हुने

धनकुटा,१७ असार । जिल्ला अस्पताल धनकुटामा अब आलोपालो औषधी पसल राती पनि खोल्ने निर्णय भएको छ ।

अस्पताल विकास समिती र औषधी व्यावसायीहरुको बैठकले अस्पतालमा आएका सेवाग्रहीहरु लाई समस्या परेको भन्दै साझा स्वाथ्य सेवाले २४ घण्टा औषधी पसल खोल्ने र अन्य सटरका ४ वटा औषधी पसलहरुले पालै पालो हप्तामा १ हप्ता राती पनि औषधी पसल खेल्ने निर्णण भएको छ ।

यो नियम यही साउन १ गते बाट लागु हुने जनाइएको छ । अहिले यहाँका धरै औषधी पसल साँझ मै बन्द हुने गरेका छन् । यसले गर्दा सेवाग्राहीहरु लाई समस्या हुने गरेको छ ।

महिला क्षमता विकासः ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’
तनहुँ, १७ असार (रासस)ःव्यास नगरपालिका कार्यालयले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ नीति पारित गरेको छ । उक्त अभियानमा छोरी २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी, जनजाति, दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्ने योजना रहेको छ ।त्यस्ता छोरीको अध्ययनमा सहयोग गरिने छ र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचार–प्रसार एवं अभिमुखीकरण कार्यक्रम गरिने नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाभित्रका महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउनका लागि ‘उपप्रमुख महिला सीप विकास कार्यक्रम’ सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र स्थायी बसोबास गर्न विद्यालय तह (कक्षा १२) सम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गर्ने व्यवस्था मिलाइने छ ।स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षामा सहयोग पु¥याइने छ । साथै सेवा केन्द्रको मनोविमर्श सेवालाई निरन्तरता दिई सक्षम नेतृत्व बनाउने लक्ष्य रहेको छ ।महिलाहरूद्वारा सञ्चालित सहकारीलाई व्यवस्थित गर्ने कार्यमा सहजीकरण गर्दै महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत गर्भवती महिलाको पोषणका लागि सहयोग गरिने व्यवस्था रहेको प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो । व्यास नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरिने छ र हिंसामा परेका महिलालाई कानुनी उपचारका लागि सहयोग एवं उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइने छ ।

उच्च शिक्षा अध्ययन गर्न आर्थिकरूपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन व्यवस्था मिलाइने उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । दलित, सीमान्तकृत लोपोन्मुख, जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका विभिन्न कार्यक्रममार्फत सशक्तीकरण गरिने छ ।नगरपालिकाका महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकास गर्नका लागि प्रशिक्षण, अवलोकन भ्रमण, अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्न र अनुभव आदान–प्रदान गर्ने किसिमको कार्यक्रम पनि रहेको उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।