महालक्ष्मी नगरपालिका ८ मुर्तिढुंगामा महिला उद्याममा नयाँ नमुना
जीवनप्रसाद राई,धनकुटा । मुर्तिढुंगा, महालक्ष्मी नगरपालिका धनकुटामा लक्ष्मी कार्कीको नेतृत्वमा ४ जना महिलाहरु मिलेर फेब्रिक माला बनाउने कार्यमा जुटेका छन । उनको समुहमा महालक्ष्मी नगरपालिकाकै कल्पना चापागाई, बालिका थापा, र कमला थापाले माला बनाउने कार्यको थालनी गरेका हुन ।
धनकुटा जिल्ला बाह्रैमास फुल फुल्न सक्ने जिल्लाको रुपमा भएता पनि उचित प्रबिधि र बीउहरु नभएकोले फेब्रिक मालाको निकै ठुलो महत्व रहेको छ ।
महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा यो क्षेत्रका महिलाहरुलाई २०७७÷०७८ को आ.बा. मा उधमशीलताको लागि तालिम प्रदान गरेको थियो । कच्चा कपडा ईटहरीबाट प्राप्त हुने गरेको । १ किलो कच्चा फेब्रिव कपडाबाट ८ वटा सम्म माला बन्ने र एक दिनमा एकजनाले ५ वटा सम्म माला बनाउन सक्ने हुन्छ । एउटा माला १३० रुपियाँ देखि १५० रुपियाँ सम्ममा बिक्री गर्न सकिन्छ । यसैले एकजनाले एकदिनमा ६ सय देखि ९ सय सम्म घरैमा बसेर कमाउन सक्ने आधार बनेको कार्की बताउँछन ।
यस्ता माला बिबाह, भोज, ब्रतबन्ध लगायतका कार्य तथा बिभिन्न राजनीतिक, सामाजिक तथा आर्थिक लगायतका सामुहिक कार्यव्रmमहरुमा अतिथिहरुका लागि समेत यो माला निकै महत्वको रहेको छ । नबिग्रिने र धोएर समेत पुनः चलाउन सकिने यो माला । तिहार र दशै जस्ता चाडपर्वमा प्रसस्त्रै मात्रामा बिक्री गर्न सकिने हुन्छ । हाल धनकुटा जिल्लामा मालाको माग बढ्दै गएको, यसको प्रचारप्रसार समेत हुदै गएको छ । यसबाट धेरै महिलाहरुलाई रोजीरोटी मिलाउन सकिने समेत कार्की बताँउछन ।
धनकुटा जिल्ला घुम्न आउने पर्यटक तथा पाहुनाहरुलाई अनिवार्य रुपमा यस प्रकारका माला तथा मखमलको माला लगाईदिन सके यसबाट धेरै महिला उधमीहरुको ब्यवसाय संचालन हुनुका साथै धनकुटाबाट यस्ता मालालाई बाहिरी जिल्लामा निर्यात गर्न सकिने हुन्छ । आशाबादी हुदै कल्पना चापागाईले भने । स्थानीय सरकारहरुले यसप्रकारको कार्यमा लगानी गर्नु उधमशीलतालाई प्रबर्धन गर्नु हो महालक्ष्मी नगरपालिकाको प्रसंशा गर्दै बालिका थापाले भनिन ।






