धनकुटा १ हिले बजारमा खाद्य तथा किराना पसलहरुको अनुगमन,३९ हजार माथि बराबरको म्याद नाघेका खाद्य सामाग्री बरामद
धनकुटा । धनकुटा १ हिले बजारको खाद्य तथा किराना पसलहरुको आज अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख प्रशासकीय अधिकृत हरिगोपाल कर्मचार्य नेतृत्वको टोलिले गरेको बजार अनुगमनको क्रममा ३९ हजार ४ सय २० रुपयाँ बराबरको म्याद नाघेका खाद्य सामाग्री बरामद गरि नष्ट गरिएको छ ।
अनुगमन टोलिका अनुसार यहाँका दुई पसलबाट विस्कुट,चकलेट,फुरनदाना लगायतका उल्लेखित मूल्य बराबरको सामाग्री बरामद गरि नष्ट गरिएको हो ।
टोलिले व्यापारीहरुलाई म्याद नाघेका सामाग्रीहरु नराख्न, मूल्य सूचि उपभोक्ताहरुले देख्ने ठाउमा राख्न निर्देशन दिएको छ ।
त्यस्तै धनकुटा बजारका ३ वटा ग्यास डिलर,२ वटा मेडिकल,२ वटा खाद्यान्न पसल र एउटा पेट्राेल पम्पकाे समेत अनुगमन गरिएकाे टाेलिले जनाएकाे छ ।
टोलिमा घरेलु तथा साना उद्योग कार्यलय धनकुटा,खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यलय धनकुटा,उद्योग वाणिज्य संघ धनकुटा उपभोक्ता हित संरक्षण मञ्च धनकुटा र सूरक्षा निकायका पदाधिकारीहरुको उपस्थिती थियो ।



