धनकुटामा शिपमुलक ढाका कपडा बुनाई तालिम सम्पन्न
धनकुटा । नेपाल सरकार श्रम रोजगार तथा सामाजि सुरक्षा मन्त्रालय व्यावसायिक तथा शिप विकास तालिम प्रतिष्ठान ईटहरीको आयोजना र मुधगंगा एग्रिकल्चर एण्ड टेक्नोलोजी ट्रेनिङ्ग सेन्टर प्रा.लि. द्धारा धनकुटा बजारमा संचालन गरिएको ६५ दिने ढाका कपडा बुनाई तालिम आज सम्पन्न भएकाे छ ।
धनकुटा नगरपालिकाका विभिन्न वडाहरुका २० जना महिलाहरुले भाग लिएको उक्त ढाका कपडा बुनाई तालिममा प्रशिक्षक पुष्पा लिम्बुले प्रशिक्षण दिनु भएको थियो ।
तालिमको समापन कार्यक्रममा धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, मुधगंगा एग्रिकल्चर एण्ड टेक्नोलोजी ट्रेनिङ्ग सेन्टर प्रा.लि.का कृष्ण खनाल,प्रशिक्षक पुष्पा लिम्बुले सहभागीतहरुलाई प्रमाण पत्र वितरण गर्दै सिकेको शिपलाई व्यवहारमा उतारी आर्य आर्जन गर्न आग्रह गर्नु भयो ।
यसैगरी उक्त संस्थाहरुकै आयोजनामा धनकुटाको छथरजोरपाटी गाउपालिकाको वडा नं. १ को हात्तिखर्क र महालक्ष्मी नगरपालिकाको वडा नं. २ मारेक कटहरेमा पनि संचालन गरिएको ढाका कपडा बुनाई तालिम आजै सम्पन्न भएको र प्रमाण पत्र वितरण गरिएको प्रशिक्षक पुष्पा लिम्बुले वताउनु भयो ।
उक्त स्थानमा संचालन गरिएको तालिमहरुमा पनि विस विस जना गरी जम्मा ४० जना महिलाहरुले भाग लिई शिप सिकेका थिए ।


