एकाबिहानै धनकुटामा भयो सवारी दु’र्घटना,३ जना घाइते

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ३ कृषि अनुसन्धान केन्द्रको गेट अगाडि मध्य पहाडी लोकमार्गमा आज विहान सवारी दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।

हिलेबाट पाख्रीवास तिर जाँदै गरेको प्र १-०२-००३ ह ५८७ नं टेम्पो र विपरित दिशाबाट हिले तर्फ आउंदै गरेको को ४ प ८३२१ नं को मोटरसाइकल एकापसमा ठोक्किएर दूर्घटना भएको हो ।

दुर्घटनामा टेम्पोमा सवार पाख्रीवास नगरपालिका ८ का वर्ष १७ का राजु खड्का, मोटरसाइकलमा सवार महालक्ष्मी नगरपालिका ६ कि वर्ष ३९ कि मूना भण्डारी र मोटरसाइकल चालक सोही स्थानका वर्ष ४० का योगेन्द्र भण्डारी घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको पाख्रीवास आधारभूत अस्पतालमा उपचार भईरहेको छ । उनिहरुको टाउको,घुंडा र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।