साँगुरीगढी गाउँपालिकाको बजेट ५३ करोड, ५ लाख, २३ हजार ५ सय १० रुपैयाँ
धनकुटा,२० असार । धनकुटाको साँगुरीगढी गाउँपालिकाले उत्पादन, पर्यटन क्षेत्रको विकास, शिक्षा स्वाथ्य रोजगारी र विकास निर्माण लाई जोड दिदै आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ ।
“ पर्यटन, कृषि र पूर्वाधारको विकास ,साँगुरीगढी सम्बृद्धिको आधार” भन्ने गाउँपालिकाको लक्ष्य लाई पुरा गर्नका लागि बजेटले गन्तव्य तयार गरेको र सो अनुसार नै बजेट आएको गाउँपालिका उपाध्यक्ष मुना राईले बताइन् । गाउँपालिकाले कृषि तथा पर्यटनमा आधारीत स्थानिय अर्थ व्यावस्था लाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जना गर्ने, साँगुरीगढीका जनताको आय अभिबृद्धि, आत्मनिर्भरताको विकास गर्दै उद्यमशीलता संग आवद्ध हुने प्राविधीक,सीपमूलक शिक्षा, स्वच्छ खानेपानी, दिगो सडक, पर्यात सिंचाई, जलवायू परिवर्तन अनुकुलन तथा बाताबरण संरक्षण, सुचना प्रविधीको विकास र विस्तार लगायतका पक्ष लाई प्राथमिकतामा राखेर ५३ करोड, ४ लाख, २३ हजार ५ सय १० रुपैयाँको बजेट ल्याएको उपाध्यक्ष राईले बताइन् ।
कुल बजेटको आन्तरीक आय तर्फ राजश्व बाट १ करोड ३८ लाख, ३९ हजार ४ सय ९० रुपैयाँ, संघिय सञ्चित कोषबाट प्राप्त वित्तिय सामान्यीकरण अनुदान बाट १० करोड ४६ लाख, संघिय सरकारको सशर्त अनुदान २४ करोड २४ लाख, संघिय सञ्चितकोषको राजश्व बाँडफाड बाट ८ करोड ६३ लाख, ४६ हजार, प्रदेश सरकारको राजश्व बाँडफाड अनुदान बाट ४१ लख, २७ हजार ४, प्रदेश सरकारको सर्शत अनुदानबाट १७ लाख,२८ हजार,प्रदेश सरकार संचित कोष बाट प्राप्त वित्तिय सामान्यीकरण अनुदान बाट ५५ लाख,६७ हजार ,प्रदेश सरकार संचितकोष बाट प्राप्त समपुरक १ करोड गाउँपालिको संचित कोषको मौज्दात ६ करोड, सडक बोर्डको १० लाख, एलजिसिडिपी कार्यक्रमको ५ लाख र करुण फाउण्डेशनको नेपालको ३ लाख रुपैयाँ रहने गरि बजेट निर्माण गरीको उपाध्यक्ष राईले बताइन् ।
बजेट प्रस्तुत कार्यक्रममा गाउँपालिका अध्यक्ष जीतेन्द्र राई, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।


