करेन्ट लागेर १ जना बृद्धको मृ’त्यु
उदयपुर,असार २० । उदयपुरको त्रियुगा नगरपालिका-८ देउखुरी स्थितमा करेन्ट लागेर १ जना बृद्धको मृ त्यु भएको छ ।
आज बिहान पौने ५ बजे स्थानिय ६५ बर्षीय मन्तु चौधरीले पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए ।
घाईते चौधरीलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारको क्रममा मृ त्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।


