मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको आज जन्मदिन,शुभकामना दिनेको ओइरो
धनकुटा,२१ असार । धेरै जनाको प्रेरणा बनेकी मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको आज जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । आज उनको जन्मदिन परेकाले उनलाई उनका शुभचिन्तकले भेटेर तथा सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन् ।
सामाजिक संजाल मार्फत शुभकामना दिनेमा साहित्यकार, राजनैतिककर्मि,व्यावसायी, पत्रकार, कर्मचारी शिक्षक, विद्यार्थी लगायत रहेका छन् । २०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेकी छोरीको रूपमा झमकको जन्म भएको थियो ।
औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र् लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकी थिइन् । उनका लघु कथा, कविता, दैनिक डायरी, गीत, निबन्ध आदि प्रकाशित छन् । उनको आत्मा कथा जीवन काँडा कि फूलले साहित्यीक उचाइ लिएको थियो ।
यो पुस्तकमा झमकले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा ब्यक्त गरेकी छिन् । २०६८ सालमा उनले यो पुस्तकबाट मदन पुरस्कार पाएकी थिइन् । यो एक मदन पुरस्कार प्राप्त सफल र ज्यादै लोकप्रिय कृति हो। यस आत्मा कथाको चलचित्र समेत निर्माण भएको छ ।

तस्बिर शोवित श्रेष्ठको फेसबुक बाट
सिमलको रुखले रोकिएको सडक निर्माण
महेन्द्रनगर, २१ असार (रासस)ः विसं२०७४ भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको थियो । महाकाली नदीमा चार लेनको ८०० मिटर पक्की पुल छ । पारी दोधारातर्फ साढे ८०० मिटर छ लेनको सडक बन्नाका साथै वारि भीमदत्तको तटीयक्षेत्र हँुदै उत्तर गड्डाचौकीसम्म पाँच किलोमिटर पहुँच मार्ग बन्ने भएपछि यस क्षेत्रमा विकासले मुहार पनि फेरेको छ । सुदूरपश्चिमकै ठूलो आयोजनामध्ये महाकाली पुल योजनाको दोधारा चादँनी सडक खण्डमा एक सय मिटर कालोपत्र गर्ने काममा दुई वटा सिमलको रुख हटाउन नसक्दा भने निर्माण चार वर्षभन्दा बढी समय गुजार्नुप¥योे ।
पहुँच मार्गमा पर्ने दुई वटा सिमलका रुख हटाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमार्फत प्रक्रिया अघि बढाइएको वर्षपछि मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय भएको छ ।“ विभागीय मन्त्रालयमा धेरै पटक सिमलको रुख कटाउने विषयमा परिपत्र ग¥यौँ, तर सुनुवाइ भएन ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भन्नुभयो,“केही दिनअघि मात्रै मिडियामार्फत मन्त्रिपरिषद्को निर्णयले हटाउनू भन्ने कुरो सुने तर पत्र आइपुगेको छैन ।” प्रमुख संरक्षण अधिकृत मेहताले सरकारले नै निर्णय गरिसकेकाले अब समस्या नहुने बताउनुभयो ।
“ पत्र प्राप्त हुनासाथ रुख हटाउने काम सुरु भइहाल्छ ।”उहाँले भन्नुभयो,“विभागीय मन्त्रालयले नै मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय गराउन पहल गरेको हो ।” झण्डै दुई महिनाअघि दोधारा र चादँनीस्थित प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको अनुगमनका क्रममा केन्द्रबाट आएको मन्त्रिस्तरीय टोलीलाई समेत स्थानीयवासीले सडकमा पर्ने रुख हटाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
यता महाकाली पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले दुई वटा रुख हटाउन पहल गर्न प्रक्रियागत कारणले निकै ढिलो भएको बताएको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाईना फ्युल कन्सट्रक्सनका इञ्जिनीयर किशोरराज पाण्डेयले मन्त्रिपरिषद्बाट नै निर्णय भएपछि रुख हटाउन सहज हुने बताउनुभयो ।
“रुख हटाउने प्रक्रियामा भएको ढिलाइका कारण सडक कालोपत्र गर्न ढिलाइ भएको तर पारीपट्टी भने पाँच सय मिटर कालोपत्र सकिएको छ ।” उहाँले भन्नुभयो,“एक सय मिटर कालोपत्र गर्न त रुखकै कारण समस्या हुँदै आयो । २०७४ चैतदेखि नै उक्त रुख हटाउन सरोकारवाला निकायसित पहल थालिएको थियो ।”
त्यसैगरी उक्त योजनाअन्तर्गत वारि (भीमदत्त नगरपालिका) तर्फ चार किलोमिटर पहुँच मार्ग कालोपत्र भइसकेको इञ्जिनीयर पाण्डेयले बताउनुभयो । महाकाली पुल आयोजनाको ८० प्रतिशत काम सकिसकेको छ । आयोजनाअन्तर्गत तटबन्ध निर्माणको काम भने हुनसकेको छैन । तटबन्ध निर्माणका लागि स्वरुपमा परिवर्तन भए पनि आर्थिक विषय भने टुङ्गिन बाँकी छ ।


