माटो जोगाउनको लागि पहल गर्दै नवीन पुन मगर धनकुटामा

धनकुटा,२३ असार । माटो जोगाउनको लागि पहल कदमीहरु ढिलो भइसकेको भन्दै सचेतनाको लागि देशव्यापी दौडमा निस्कनु भएका पर्वत जिल्ला मोदी गाउँपालिका २ का नवीन पुन मगर धनकुटा आइपुग्नु भएको छ ।

माटो जोगाउनका निम्ति सरकारी नीति निर्माणका लागि प्रधानमन्त्री र राष्ट्रपतिलाई अनुरोध पत्र लेखौ भन्ने नाराका साथ देशव्यापी दौडमा रहनु भएका मगरले आज धनकुटामा पत्रकार सम्मेलन गरि आफु दौडिनुको उदेश्य प्रस्ट पार्नु भयो ।

प्रथम चरणमा नेपालको लगभग सबै जिल्लामा दौडेर पुग्ने र माटो बचाउने सचेतना फैलाउने उद्देश्यका साथ माटो बचाउ देशव्यापी दौडमा निस्केको उहाँको भनाई छ ।

काठमाडौको टुँडिखेलबाट जेठ ३० गतेदेखि दौडिदै २४औ दिनमा धनकुटा आइपुगेको मगरले बताउनु भयो ।

विश्वको ५२ प्रतिशत खेतीयोग्य माटो विनाश भइसकेको,हरेक सेकेन्डमा एक एकड माटो मरुभूमि बनिरहेको साथै संसारभरिको माटोले अबको ६० वर्षसम्म मात्र बाली उब्जाउन सक्ने कुरा विश्वका बैज्ञानिकहरुले बताउदै आएको समेत मगरले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।