सहिदभूमि गाउँपालिकामा छिन्ताङ, छिलिङ र बान्तवा भाषाको पांच दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटामा छिन्ताङ, छिलिङ र बान्तवा भाषा शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिति धनकुटाको आयोजमा तथा सहिदभूमि गाउँपालिकाको सहयोगमा ५ दिन सम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा गाउँपालिका भित्रका छिन्ताङ, छिलिङ र बान्तवा भाषा पढाउने ८ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी शिक्षकहरुलाइ भाषाविद पदम वालाहाङ राईले सहजिकरण गर्नु भएको थियो ।

प्रशिक्षणका क्रममा भाषाविद राइले मातृभाषा शिक्षण सिकाईको विषयमा कसरी आफै शैक्षिक सामाग्री निर्माण गर्ने , पाठ्यपुस्तक तयार नभएको अवस्थामा कसरी पढाउने भन्ने विषय लगायत शिक्षकहरुको क्षमता विकास सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

हाल सहिदभूमि गाउँपालिकामा ८ वटा विघालयमा कक्षा ३ सम्म पढाउने व्यवस्था गरेको छ । मातृभाषा शिक्षकहरु जम्मा गाउँपालिकामा बान्तवा भाषा पढाउने ४ जना , छिलिङ र छिन्ताङे भाषा पढाउने २/२ जना रहेकाछन् । सो ५ दिने मातृभाषा शिक्षक प्रशिक्षण कार्यक्रम प्रदेश संसद निरन राईको प्रमुख आतिथ्यमा समापन गरिएको किरात राई यायाेक्खाका जिल्ला अध्यक्ष नगेन्द्र राईले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज राईले गाउपालिका भित्र बोलिने छिलिङ , बान्तवा र छिन्ताङे भाषालाई काम काजी भाषाको रुपमा प्रयोग गर्न अभ्यास भईरहेको बताउनुभयो । साथै उहाले ८ वटा विद्यालयमा शिक्षकहरू नियुक्ति गरेर पठनपाठनको व्यवस्था मिलाईएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा किरात राइ यायोक्खाको केन्द्रिय सद्स्य अस्मिका राई , उपाध्यक्ष रत्नश्वरी राई भाषाविज्ञ प्राध्यापक ईच्छा पुर्ण राई , वडाअध्यक्षहरु लगायत समाजसेवी वुद्विजिवि शिक्षकहरुको उपस्थिति थियो । प्रशिक्षणमा सहभागी सम्पूर्णलाई आयोजक संस्थाको तर्फबाट प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।