धनकुटामा लोकसेवा दिन आएका र बस्ने ठाउँ नपाएकालाई सम्पर्क गर्न आग्रह
धनकुटा,२४ असार । लोकसेवा आयोगले संचालन गरेको बाणिज्य बैंक तर्फका विभिन्न तहको परिक्षामा धनकुटा जिल्लामा परिक्षा केन्द्र भएका र बस्नका लागि होटल, व्यक्तिका घर लगायत स्थानमा समेत ठाउँ नपाएका परिक्षार्थीहरुको समस्यालाई मध्येनजर गर्दै धनकुटाका समाजसेवी, प्रशासक, कर्मचारी लगायतको बिशेष पहल तथा सक्रियतामा निशुल्क आवासको ब्यवस्थापन गरिएको जनाईएको छ ।
आवास व्यावस्थापनका लागि धनकुटाका प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल, सशस्त्र प्रहरी बल धनकुटाका डिएसपी दिपक बलामी, इन्स्पेक्टर विश्वराज पोख्रेल,नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्व अध्यक्ष एवम घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,समाजसेवी ठाकुर प्रसाद बराल र नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ लगायतको पहलमा आवास व्यावस्थापनको काम भई रहेको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्व अध्यक्ष एवम घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
आवास नपाएकाहरुले निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न भनिएको छ । ९८४२०७११९५,९८६२०६१६११ र ९८४२१०९६०० मा सम्पर्क गर्न समेत श्रेष्ठले अनुरोध गर्नू भयो ।
धनकुटामा परिक्षा दिन आएका र बस्ने स्थान नपाएकाहरु लाई व्यातिm व्यातिmको घरमा राखेर समेत व्यवास्थापन गरिएको छ ।


