सहिदभूमि ५ का वडा अध्यक्ष पक्राउ

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं ५ का वडाध्यक्षलाई ब’लात् का रको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

५ नं वडाध्यक्ष वर्ष ३८ का चरे भनिने सन्तोष राईले २३ वर्षकी एक युवतीलाई क रणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।

सन्तोषलाई गएराति पीडित युवती र उनका आफन्तहरुको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । ती युवतीलाई सन्तोषले झुक्याएर असार २४ गते तेह्रथुम वसन्तपुरको ताप्लेजुङ होटलमा लगेर बन्धक बनाएर क रणी गरेको जनाईएको छ ।

प्रहरीका अनुसार ती युवतीलाई सन्तोषले शूरुमा हिले घुम्न जाउँ भनेर लगेको र त्यसपछि गन्तव्य परिवर्तन गर्दै वसन्तपुरको सो होटलसम्म पुर्याएर बन्धक बनाई क रणी गरेको हो ।

घट्ना कसैलाईपनि नभन्ने सर्तमा सन्तोषले होटलबाट युवती छाडेको बताईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।