खोटाङको जंगलमा बेवारिसे अवस्थामा वृद्धको शव फेला

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ शंखुमा बेवारिसे अवस्थामा वृद्धको शव फेला परेको छ । बाम्राङको शंखुस्थित जंगलमा शनिबार दिउँसो नाम, थर र वतन नखुलेको अन्दाजी ६५/७० वर्षको देखिने मंगोलियन फेसको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सड्न लागिसकेको शव घटनास्थल लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पुरा गरेर जिल्ला अस्पतालको शव गृहमा लगेर राखिएको छ ।

रातो र कालो रंगको ज्याकेट, पहेँलो र फुस्रो रंगको जम्फर, कालो पेन्ट लगाएको, कम्मरमा कपडाको डोरीले पेन्ट बाँधेको वृद्धको गहुँगोरो अनुहारमा हल्का कपाल, दाह्रीजुँगा फुलेको देखिएको छ ।

उनको उचाइ अन्दाजी ५ फिट ५ इन्च रहेको प्रहरीको अनुमान छ । शव फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल लास जाँच मुचुल्काको लागि शंखु पुगेको थियो । बेवारिसे शवको पहिचान भए वा आफन्तको भए सम्पर्क गर्न प्रहरीले आव्हान गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।