धनकुटामा विद्यार्थीलाई यौ’न दु’र्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका ८ मा रहेको देउराली माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले आफ्नै विद्यालयका बालिका विद्यार्थीहरुलाई यौ’न दु’र्ब्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

६ जना बालिका माथि पटकपटक यौ’न दु’र्ब्यवहार गरेको आरोपमा शिक्षक चन्द्र कुमार राई पक्राउ परेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायव उपरिक्षक चिरन्जीवि दाहालले जानकारी दिनुभयो ।

शिक्षक राईले पटकपटक सोहि विद्यालयमा अध्ययनरत १३ देखि १६ उमेरका बालिकाहरु लाई सं’वेदनशिल अंगमा छा’म्ने, चलाउँने र जिस्काउँने गरेको भन्दै उजुुरी परेको प्रहरीले जनाएको छ ।

दलित सङ्घको केन्द्रीय महाधिवेशन गर्न माग
काठमाडौँ, २७ असार (रासस) ःनेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घले आफ्नो केन्द्रीय महाधिवेशन एक महिनाभित्र सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग माग गरेको छ ।

सङ्घले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटगरी लामो समयदेखि दलित सङ्घको महाधिवेशन हुन नसकेको जनाउँदै एक महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न माग गरेको हो ।

सङ्घका नेता शिव सुनार, प्रेम विश्वकर्मा, मुक्त महतोलगायतले विसं २०६९ मा सम्पन्न चौथो महाधिवेशनपछि १० वर्षसम्म दलित सङ्घको महाधिवेशन हुन नसकेको भन्दै यथाशीघ्र महाधिवेशन गराउने वातावरण निर्माण गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभएको हो ।

यस्तै, दलित सङ्घका नेताले जातीय विवेदका घटनामा पीडित पक्षलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न कांग्रेस केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा दलित सेल स्थापना गर्न आग्रह गरेका छन् । उहाँहरुले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीले गठन गर्ने विभागमा दलित समुदायको सम्मानजनक सहभागिता प्रतिनिधित्व गराउन माग गर्नुभएको छ ।

यसैगरी, आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यबाहेक प्रतक्ष्य तर्फको निर्वाचनमा कम्तीमा जनसङ्ख्याको आधारमा उम्मेदवार बनाउने व्यवस्था गर्नसमेत माग गरेको छ ।

विसं २०५४ मा स्थापना भएको नेपाल दलित सङ्घको दोस्रो महाधिवेशन विसं २०५९, तेस्रो महाधिवेशन विसं २०६६ र चौथो महाधिवेशन विसं २०६९ मा सम्पन्न भएपछि हालसम्म महाधिवेशन हुन सकेको छैन ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।