धनकुटामा बिद्यार्थी यौ’न हिं’साको घटना राजनीतिमा परिणत हुँदै

नारायण कुमार राई/धनकुटा । बिद्यार्थीहरुलाई यौ’न हिं’सा गरेको आरोपमा धनकुटा नगरपालिका वडा नं.८ देउराली मा.बि. सान्ताङका एक शिक्षक प्रहरीले पक्राउ गरेको घटनाले राजनैतिक रुप लिएको छ ।

बिद्यार्थी हिं’साको आरोपमा माओवादी निकट शिक्षक चन्द्र एवाई राईलाई पक्राउ गरेपछि उत्पन्न बिवादका बिषयमा आईतबार उक्त बिद्यालयका प्र.अ.घाईते भएपछि घटनाले राजनैतिक रुप लिएको हो ।

उत्पन्न बिवादका बिषयमा छलफलका क्रममा बिद्यालयका प्र.अ.यमबहादुर बस्नेत खुट्टा भाचिएर घाईते भएपछि माओवादी निकट शिक्षक संगठन र एमाले निकट यूवा संघ आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

घटनाका बिषयमा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले शोमबार बिज्ञप्ती जारी गरेर वडा अध्यक्षको षडयन्त्रमा यूवा संघका उपाध्यक्षले कुटपिट गरी बस्नेतलाई घाईते बनाएको आरोप लगाएपछि घटन थप बिवादित भएको हो ।

प्रतिउत्तरमा यूवा संघले पनि तत्काल बिज्ञप्ती जारी गरेर चरित्र हत्या हुनेगरी लगाएको उक्त आरोप झूटा भएकोले आफ्नो संगठनको गम्भीर आपत्ति रहेको जनाएको छ ।

शिक्षक संगठनका उपाध्यक्ष रोम बाजिम्पाकद्वारा हस्ताक्षरित बिज्ञप्तीमा बस्नेत कुट्ने ब्यक्तिलाई हदै सम्मको सजाय माग गरिएको छ ।

उत्ता युवा संघका अध्यक्ष प्रविण पोखरेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा बस्नेत आफैं लडेर घाईते भएकाले घटनाको बिषयमा सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कार्वाहीको माग गरेको छ ।

घटनका बिषयमा अभिभावक र शिक्षकहरु आ–आफ्नै पहलमा छलफलमा बसेकाले कुटपिटको बिषयमा आफूलाई कुनै जानकारी नभएको वडा नं.८ का वडा अध्यक्ष रसबहादुर राईले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।