सुर्योदय नगरलाई सजाउँदै पुजा र हिमान
जीवनप्रसाद राई/कारपोक, ईलाम । सुर्योदय नगरपालिका वडा नम्बर ११ कारपोक पंचकन्या ईलाममा दाई हिमान तामाङ र बहिनी पुजा राई मिलेर पंचकन्या फलफुल नर्सरी उधोगको स्थापना गरेर धेरै प्रकारका बिरुवाहरु उत्पादन गरिरहेका छन । उनीहरु सहोदर दिदी बहिनीका छोराछोरी हुन ।

२०७४ सालमा ईलाम नगरपालिकाले फुलखेतीमा साझेदारीको कार्य थालनी गरिसकेपछि फुलको काममा सहभागीता जनाई उनीहरुले साझेदारीमा काम गरेका थिए । यसैबेला देखि नै फुलको बारेमा ब्यापक आईडिया तथा सोचले उनीहरुलाई केही गरौ गरौ भन्ने भयो ।
यसैले २०७६ सालबाट ईलाम नगरपालिका भन्दा सुर्योदय नगरपालिकामा बजारको बढी अवसर हुने भएकोले सुर्योदय नगरपालिकाको वडा नम्बर ११ कारपोक पंचकन्यामा जमिन भाडामा लिई ५० लाख भन्दा बढीको लगानी गरिसकेको बहिनी राई बताउँछन ।
फुलको नर्सरीको बारेमा उनको दाजु हिमान तामाङबाटै जानकारी पाउनुका साथै नर्सरी गर्ने तरिका सिकेको बताँउछन पुजा । पंचकन्या नर्सरी फर्ममा अहिले नियमित ५ जनाले रोजगारी पाईरहेको छन भने उनीहरुले सिजनमा २० देखि २५ जना सम्मलाई आंशिक रोजगारी दिईरहेको अवस्था रहेको तामाङले बताए ।

हाल नर्सरीमा एन्जेलिया, सकुलेन्ट तथा लेमनपाईन को प्रमुख रुपमा उत्पादन हुने गरेको भएपनि नेपालमा उपलब्ध तथा भारतबाट समेत बिरुवाका मदरप्लाण्टहरु ल्याई संभव हुने सबै फुलहरुमा काम गरिरहेका संचालक राईले बताए ।
उनी भन्छन नेपालमा दिगो संगले काम गरेमा कृषि, वनस्पति तथा फुल जन्य क्षेत्रमा धेरै अवसर छोप्न सकिने तथा आय आर्जन पनि गर्न सकिने बताए । ईलाममा थोरै मात्रामा फुलको बजार रहेको भएता पनि काठमाण्डौको बजारलाई जति नै फुल उत्पादन गरेपनि नपुग्ने बताउँदै भन्छन । यहाँ उत्पादन हुने जतिपनि फुलहरु रहेको छ त्यो काठमाण्डौ नै जाने गरेको छ । यसैले काठमाण्डौको बजारको लागि जति नै फुल उत्पादन गरे पनि नबिक्ने भन्ने हुदैन ।
उनी युवाहरुलाई गर्वका साथ भन्ने गर्दछन नेपालमा बसेर सानो लगानी गरेर शुरु गर्न सकिने ब्यवसाय मध्येको एक फुल खेती पनि हो । ईलाममा पनि शुरुमा फुल कस्ले किन्छ र अनि फुल पनि बिक्री गर्ने वा किनबेच गर्ने बस्तु हो र भन्ने हुन्थ्यो तर आज समय परिवर्तन भएको छ । उनी भन्छन फुल उद्योगलाई बिशाल बनाउने र अरुलाई समेत सिकाउन सकिने बताउँछन ।

बार्षिक ३ लाख भाडा ७ लाख कामदारलाई सम्पुर्ण खर्चहरु कटाई खुद नाफा मात्रै बार्षिक ५ लाख हुने गरेको उनी बताउँछन । यस ब्यवसायलाई भविष्यमा थप बिस्तार गर्दै जाने र यसलाई सोरुमहरुको ब्यवस्थापन गर्दै नयाँपन दिदै जाने दाजुबहिनीको योजना रहेको कुरा उनीहरु सगर्व बताउँछन ।


