तमोर नदीमा हाम फालेर एक महिला बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका ९ तमोर नदीमा हाम फालेर आज एक महिला बेपत्ता भएकी छिन् ।

धनकुटा नगरपालिका ९ का सन्त बहादुर बस्नेतकी श्रीमती वर्ष ४५ की पुर्ण कुमारी बस्नेत तमोर नदीमा हाम फालेको प्रहरीले जनाएको छ ।

उनी हाम फाल्दै गर्दा निजको दिदीले देखेर प्रहरी चौकी मुलघाटलाई जानकारी गराएकी थिईन । खबर पाउन साथ प्रहरी सहायक निरिक्षकको नेतृत्वमा टोली खटी खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पर्यटकीयस्थल लभ्लीहिलमा पूर्वाधार निर्माण हुँदै
गलेश्वर,२८ असार (रासस) ःम्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरा स्थित पर्यटकीयस्थल लभ्लीहिलमा पर्यटक लक्षित भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । जिल्लाको सदरमुकाम बेनीबजारदेखि आधा घण्टाको दुरीमा रहेको प्रसिद्ध पर्यटकीयस्थलमा वन डिभिजन कार्यालय म्याग्दीद्वारा चालु आवमा पदमार्ग र चौपारी निर्माण गरिएको छ । यसअघि बेनीदेखि लभ्लीहिल पुग्ने पदमार्ग र उद्यान बनाइएको थियो ।

गण्डकी प्रदेश सरकारको कार्यक्रम सामुदायिक वनमा पर्र्यटन कार्यक्रममार्फत प्राप्त भएको रु तीन लाख ३६ हजार बजेटबाट ४५ मिटर पदमार्ग र चौपारी निर्माण गरिएको वन डिभिजन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो । गत वर्ष पनि वन डिभिजन कार्यालयले लभ्लीहिलमा पार्क निर्माण गरेको थियो । सोही स्थलमा ‘हरियाली–पार्क’ को निर्माण पनि भएको छ । गण्डकी प्रदेश सरकारले अघि सारेको सहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माण कार्यक्रमबाट लभ्लीहिलमा हरियाली पार्क बनाइएको हो । लभ्लीहिलमा प्रदेश सरकारको आर्थिक सहयोगमा डिभिजन वन कार्यालय म्याग्दीमार्फत हरियाली पार्क निर्माणको काम सञ्चालन गरिएको थियो ।

पिपलडाँडा सामुदायिक वन उपभोक्ता समिति खबरालाई छनोट गरी सो समूहमार्फत हरियालीपार्क निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

लभ्लीहिल क्षेत्रको कुल ३० मिटर लम्बाइ र १५ मिटर चौडाइको जमिनमा बनाइएको पार्कभित्र धुपी, मसालासहित सुगन्धयुक्त फलफूलका बिरुवा रोपिएको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समितिका पूर्वअध्यक्ष चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कका लागि आवश्यक जग्गालाई घेराबार गरी त्यसैभित्र बिरुवा रोपिएको छ भने लभ्लीहिल क्षेत्रमा पनि विभिन्न किसिमका बोटबिरुवा लगाइएको छ ।

हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि गत वर्ष दुई वटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको थियो । सहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले गएको वर्षमा रु ३० लाख बजेट उपलब्ध गराएको थियो ।

कार्यक्रमबाट ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन समूह र पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वनमा पार्क निर्माण गरिएको छ । मङ्गलाको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूहलाई कार्यक्रममार्फत १८ लाख र पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई रु १२ लाख बजेट विनियोजन गरिएको डिभिजन वन कार्यालयको भनाइ छ । लभ्लीहिलमा अहिले दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।