कृषि,पर्यटन,उद्योग धनकुटाको मुख्य विकासको आधार
धनकुटा । कृषि,पर्यटन,उद्योग धनकुटाको मुख्य विकासको आधार भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
प्रदेश १ मा लगानी बृद्धीसँग सम्वन्धित समस्या र अवसरबारे धनकुटामा आयोजित नीतिगत छलफल कार्यक्रमका सहभागीहरुले त्यस्तो वताएका हुन् ।
नेपाल,उद्योग बाणिज्य महासंघ,धनकुटा उद्योग बाणिज्य संघ,नेपाल शहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान र द एशिया फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदिश चन्द्र पोखरेलले मुलुकको प्रमुख विकासका आधार जलश्रोत, कृषि,पर्यटन र उद्योग भएको वताउनु भयो ।
नेपाल सरकारका पूर्व सहसचिव ओम धरानन्द राजोपाथ्मायले कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन कार्यकारी सदस्य अम्विका धमलाले गर्नु भएको थियो ।
कार्यक्रममा धनकुटा नगरपालिका वडा नं ६ का वडाध्यक्ष तथा फर्निचर व्यावसायी संघका अध्यक्ष मलिन खड्गी,वडा नं ७ का वडाध्यक्ष तथा रत्न आभुषण धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठ,वडा नं १० का वडाध्यक्ष तथा डेरी संचालक नगेन्द्र पाण्डे,एन प्यापसनका प्रदेश अध्यक्ष रजान पा्रडेल,होटल एशोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट,घरेलु महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,पूर्व अध्यक्ष नारायण रिजाल, व्यावसायीहरु शैलेसमान श्रेष्ठ,कुमार श्रेष्ठ,पुष्पा लिम्बु लगायतले धनकुटामा लगानीको अवसर धेरै रहेको वताए ।


