छथरजोरपाटीमा प्रदेश न १ प्रदेश सभाबाट निर्माण भएका कानून र कार्यान्वयनको अवस्था बारे अन्तर्क्रिया
धनकुटा,२९ असार । प्रदेश न १ प्रदेश सभाबाट निर्माण भएका कानून र कार्यान्वयनको अवस्था बारे प्रदेश सभा सचिवालय प्रदेश नं १ विराटनगरले धनकुटाको छथरजोरपाटीमा अन्र्तकृया कार्यक्रमको अयोजना गरेको छ ।
प्रदेश सभा र प्रदेश सभा सचिवालयको गठन र स्थापना भए पछि प्रदेश सभाबाट निर्माण भएका कानून र कार्यान्वयनको अवस्था बारे प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुली प्रस्तुती गर्नु भएको थियो ।
उहाँले विषयगत समितिहरुको गतिविधि र ती समितीहरुले गरेका कामको समेत जानकारी गराउनु भउको थियो । त्यस्तै कार्यक्रमा स्थानीय कानून निर्माण प्रकृया तथा प्रत्यायोजित कानून सम्बन्धी बारेमा प्रदेश सभा सचिवालय, प्रदेश नं १ का कानून अधिकृत प्रमोद वि.कले जानकरी गराउनु भएको थियो ।
त्यस्तै छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बुकु प्रसाद आचार्यले गाउँपालिकाले निर्माण गरेका कानुनका बिषयमा जानकारी गराउनु भएको थियो ।
अन्र्तकृया कार्यक्रम प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल लगायत, प्रदेश सभा सदस्यहरु इन्द्रमणी पराजुली, लिला सुब्बा, कुशुम श्रेष्ठ, हिमा देबि बस्नेत सहित गाउँपालिका अध्यक्ष छत्र सुब्बा, धनकुटाका प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल, प्रहरी उपरिक्षक लक्ष्मी राज अधिकारी, गाउँपालिका उपाध्यक्ष गिता गुरुग खेवा लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।


