लघु तथा घरेलु उद्योग सञ्चालनमा समस्या रहेको धनकुटाका उद्यमीको गुनासो
धनकुटा । लघु तथा घरेलु उद्योग सञ्चालनमा समस्या रहेको धनकुटाको उद्यमीले गुनासो गरेको छन् ।
घरेलु तथा साना उद्योग बिकास कार्यलय धनकुटाले आज धनकुटाको हिलेमा आयोजना गरेको उद्यमी र सारोकार वालाबीचको छलफल तथा अन्तरक्रिया उद्यमीले त्यस्तो गुनासो गरेका हुन् ।
फर्निचर उद्योग ब्यबसायीले आबश्यक कच्चा पदार्थ ओसार्न समस्या हुने गरेको बताएका छन् । त्यस्तै कामदार अभाब हुदा समेत कार्यलयले दक्ष जनशक्ति उत्पादन गर्न चासो नदिएको ब्यबसायी अर्जुन चौलागाएले बताउनु भयो ।
त्यस्तै ढाका उद्यमीले कच्चा पदार्थ महंगो भएका कारण ब्यबसाय नै बन्द गर्नुपर्ने अबस्था आएको गुनासो गर्नु भयो । उद्यमी रबिना लिम्बुले स्थानिय स्थरमा उत्पादित कपडा सरकारी कार्यलयमा प्रयोग गराउन माग समेत गर्नु भयो ।
त्यस्तै बासबेतका उद्यमीले प्रबिधि अभाब रहेको गुनासो गर्नु भयो । बैक वाट पाइने सहुलियत ऋण समेत सहज रुपमा नपाइने उद्यमीहरुको गुनासो छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरन तामाङ्ग सहित जिल्लाका बिभिन्न क्षेत्रका उद्यमी सहित बैकका प्रतिनिधि, जिल्ला प्रशासन कार्यलय सहित बिभिन्न सरकारी कार्यलयका प्रतिनिधि उद्योग बाणिञ्य संघका प्रतिनिधिको उपस्थीति थियो ।


