मतगणना गर्दा गरिएको मुचुल्का फायलहरु लगायतका कागज झिकाउन आदेश
धनकुटा । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको क्रममा धनकुटा नगरपालिकाको मेयर र महालक्ष्मी नगरपालिकाको वडा नं ८ को वडाध्यक्षको पदको मतगणना दोहो¥याई पाउ भनी दिएको निवेदनमा उच्च अदालत विराटनगर धनकुटाको संयुक्त ईजलासले मतगणना गर्दा गरिएको मुचुल्का फायलहरु लगायतकाका कागज झिकाउन आदेश दिएको छ ।
उच्च अदालत विराटनगर धनकुटा ईजलासको संयुक्त इजलासबाट मतगणना गर्दा गरिएको मुचुल्का,फायलहरु,मतगणना स्थलको सिसिटिभि फुटेज , निर्वाचन परिमाण घोषणा सम्वन्धि कागजात,मुख्य निर्वाचन अधिकृत समक्ष दोहो¥याउन पाउ भनी दिएको निवेदन लगायतका कागजात झिकाउन आदेश भएको वहसमा संलग्न कानुन व्यावसायी रमेश श्रेष्ठले वताउनु भयो ।
उच्च अदालत विराटनगर धनकुटा ईजलासका न्याधिस रमेश कुमार खत्री र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले त्यस्तो आदेश गरेको हो ।
धनकुटा नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राई र महालक्ष्मी नगरपालिका वडा नं ८ का नेपाली कांग्रेसका उम्मेदवार हिक्मत वहादुर भण्डारीको तर्फबाट मतगणना दोहो¥याई पाउन भनी दिएको निवेदनका पक्षमा डिएलए संग संलग्न धनकुटाका अधिवक्ताहरु कृष्ण सेढाई,दिपक गुरागाई,ठगिन कुमार राई र रमेश श्रेष्ठले बहस गर्नु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।


