खोटाङको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना

खोटाङ । खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने जयरामघाटमा बुधबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा पर्ने जयरामबजारमा सोही नगरपालिकाका मेयर बिमला राईले अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेकी हुन् । जयराम क्षेत्रमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्ने लक्ष्यका साथ अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

भौगोलिक रुपमा विकट, दुधकोसी किनारमा रहेको तथा राम्ररी फोन नचल्ने जयरामघाटमा माग भएको दशकपछि मात्र अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । हाललाई स्थानीय सुमित्रा राईको घरमा भाडामा अस्थायी प्रहरी पोष्ट खडा गरिएको हो । अस्थायी प्रहरी पोष्टमा हवल्दारको नेतृत्वमा पाँच प्रहरी राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । डिएसपी लम्सालले क्रमशः जग्गा जुटाउँदै आवश्यक भौतिक संरचना निर्माण गरेर स्थायी रुपमा प्रहरीचौकी स्थापनाका लागि पहल गर्न स्थानीयलाई आग्रह गरेका छन् ।

जयरामघाट जिल्ला प्रवेश गर्ने प्रमुख नाका मात्र नभएर त्रि–धार्मिकस्थल हलेसी तथा मध्यपहाडी राजमार्ग हुँदै भोजपुर धनकुटा आवत–जावत गर्ने मार्ग भएकाले स्थानीयले शान्ति सुरक्षाका लागि लामो समयदेखि प्रहरीचौकी स्थापनाको माग गर्दैआएका थिए । बाक्लो जमघट हुने तथा अप्रिय घटना घटेको अवस्थामा च्यास्मीटार प्रहरीचौकीलाई खबर गर्नुपर्ने वाध्यता अन्त्या भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

तीन सय नागरिकका लागि एक जना प्रहरीको व्यवस्था हुनुपर्नेमा खोटाङमा ५४३ नागरिकका लागि एक प्रहरीको व्यवस्था छ । अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउत, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, गोरखनाथ गण मुढे व्यारेकका सेनानी पुकार वस्नेत, शसस्त्र प्रहरीका डिएसपी सरोज कार्की, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेत लगायतको उपस्थिति थियो । कार्यक्रममा एमालेका प्रतिनिधि फौदसिं कार्की, नेकपा माओवादी केन्द्रका प्रतिनिधि एलबी राईले शुभकामना मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।