खोटाङमा अक्सिजन प्लान्टको टहराे कमसल बनेपछि रकम कटाएर भुक्तानी

खोटाङ । जिल्ला अस्पताल खोटाङमा रहेकाे अक्सिजन प्लान्ट राख्ने टहराे कमसल बनाएको भन्दै रकम कटाएर भुक्तानी गरिएको छ । प्रदेश सरकारको एक करोड ११ लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको टहराे निकै कमजाेर बनेको पाएपछि १० लाख कटाएर बाँकी रकम भुक्तानी दिएको हो ।

टहराे निर्माणका क्रममा लाग्ने अनुमानित रकम बराबर रोक्का राखेर एक करोड एक लाख रकम २४ असारमा भुक्तानी दिएको अस्पतालका आर्थिक अधिकार प्रमुख विमलदेव यादवले बताए ।

जिल्लामै अक्सिजन उत्पादनका लागि जडान गरेकाे उपकरण जडान सही देखिए पनि ट्रस भने कमसल बनेपछि विरोध भएको थियो । अक्सिजन प्लान्टजस्तो महत्वपुर्ण उपकरण रहने टहराे ‘क्वालिटी’को नबनेपछि १० लाख बाँकी राखेर अरु भुक्तानी दिन लगाएको जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताए । भुक्तानी रोकिएपछि मुन रक्स इन्टरनेशनल प्रालिले जस्ता फेर्ने, पर्खाल प्लाष्टर गर्ने लगायतका काम सुरु गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।