श्रीमान टंक माबि छोटो समयावधिमा धेरै शैक्षिक उन्नती गर्न सफल
शर्मिला राई,धनकुटा । श्रीमान टंक माद्यमिक विद्यालयले छोटो समयावधिमा धेरै शैक्षिक उन्नती गर्न सफल भएको छ । धनकुटा नगरपालिका वडा नं २ भीर गाउँमा अवस्थित यो विद्यालयको स्थापना २०११ साल पौष ११ गते स्थापना भयो ।
शूरुमा यो विद्यालयको नाम श्री टंक मिडिल स्कुल राखिएको थियोे । पछि यस विद्यालयलाई टंक बहादुर बस्नेतका बाबुको समेत नाम थप्न लगाई श्रीमान टंक मावि भनि नामाकरण गरियो । यस विद्यालयको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा धनकुटा नगरपालिका वडा नं २ निवासी लप्टन श्री टंक बहादुर बस्नेत र सुवेदार श्रीमान बस्नेतको संयुक्त नाममा छोरा एवं भतिजा उदय बहादुर बस्नेतले ३० रोपनी जमिन प्रदान गरी यस विद्यालयको स्थापना गरिएको हो ।
बाबुबाजेको नाममा स्थापना भएको यो विद्यालयलाई वडा नं २ भिरगाउँ निवासी तत्कालीन कर्णेल स्व भक्त बहादुर बस्नेतले विद्यालयको नाममा थप २२ विघा १२ कठ्ठा १० धुर जमिन रजिष्ट्रेशन पास गरि भिरगाउँ वासिहरुका लागि ज्योतिको पुञ्ज खडा गरि विशेष यशस्वी बन्न सफल हुनुभएको छ । यसैगरि यस विद्यालयको विकासका लागि थप उर्जा प्रदान गर्न यी व्यक्तिहरुलाई भावि पिढिहरुले युगयुगसम्म सम्झिरहने छन् । यसरी स्थापित यो विद्यालयले वि सं २०७५ साल यता शैक्षिक उन्नतीमा निक्कै फड्को मारेको छ ।
२०७५ साल यता विद्यालयमा असल अभ्यास तथा सकारात्मक गतिविधिहरु:
१.कुर्ता सुरुवालको व्यबस्था :
यस विद्यालयमा २०७५ साल देखि कक्षा ६ देखि कक्षा १२ सम्मका सम्पुर्ण छात्राहरुलाई कुर्ता सुरुवालको व्यवस्था गरिएको छ । २०७५ को चैत्रमा विद्यालयको सम्पुर्ण अभिभावकहरुलाई विद्यालयमा भेला गरेर विद्यालयले राखेको प्रस्तावलाई उपस्थित अभिवावकहरुले स्वीकृती दिएका थिए । कुर्ता सुरुवालको प्रयोगले विद्यार्थीहरुलाई खेलकुद प्रतियोगितामा भाग लिन, आँधिहुरी आएको वेला हिड्डुल गर्न साथै ठुला विद्यार्थीहरुमा आईपर्ने सिक्सुअल ह्यार्यास्मेन्टलाई समेत नियन्त्रण गर्ने साथै कुर्ता सुरुवालको प्रयोग पश्चात अभिभावकहरु निकै खुशि रहेको कुरा विद्यालयका प्रधानाध्यापक नरबहादुर विश्वकर्माले कुराकानीको शिलसिलामा वताउनु भयो ।

२.सेनिटरी प्याड वितरणको व्यबस्था:
यस विद्यालयमा नेपाल सरकारले कक्षा ६ देखि १२ सम्मका छात्रालाई निःशुल्क उपलब्ध गराइएको सेनिटरी प्याड वितरणका लागि महिला र पुरुष शिक्षकहरु पनि उपस्थित भईकार्यक्रम नै गरेर गर्ने गरिएको छ । जसका कारण पहिले पहिले लान नमान्ने विद्यार्थीहरुले पनि प्याड लिन नहिच्कियाउने साथै वितरणको प्रभावकारीता पनि उच्च रहेको विद्यालयका प्रधानाध्यापकले जानकारी दिनु भयो ।

३.जन्म दिन दान पेटिका:
विद्यालयका शिक्षक तथा बालक्लवका संरक्षक शिक्षक सरोज दाहालले आफ्नो जन्म दिनको अवसर पारेरविद्यालयलाई जन्म दिन दान पेटिका प्रदान गरे पश्चात विद्यालयका शिक्षकहरु,ईच्छुक व्यक्तिहरु साथै विद्यार्थीहरुले आफ्नो जन्म दिनमा आफुले सक्ने रकम दान गर्ने गरेका छन् । उक्त रकमलाई विद्यालयमा रहेको मधुगङ्गा बाल क्लबले समय समयमा खोलेर बैठकबाट निर्णय गरे पश्चात जरहेन्दार , गरिब तथा पिछडिएको विद्यार्थीहरुका लागि छात्रावृति, स्टेशनरी वितरण तथा खेलकुदका सामाग्रि खरिद गर्ने गरिएको छ ।
४.“हामी बनाउछौं, हाम्रो विद्यालय” अभियान:
यस विद्यालयको एउटा छुट्टै अभियानका रुपमा “हामी बनाउछौं , हाम्रो विद्यालय” सञ्चालनमा रहेको छ । जस अन्तर्गत विद्यालय संग सरोकार राख्ने मानिसहरु, शिक्षा प्रेमी , शिक्षकहरु, विद्यालय व्यबस्थापन समिती साथै शिक्षक अभिभावक संघका पदाधिकारीहरुले रकाम दान सथै आफ्नो विचार पनि राख्न सक्छन् । उक्त उठेको रकमबाट विद्यालय निर्माणका लागि आवश्यकीय क्षेत्रमा प्रयोग गर्ने गरिएको छ भने आएका उपयुक्त विचारलाई मनन् गरी योजना समेत तय गर्ने गरिएको छ । उद्दहारणका लागि गत वर्ष कोभिडको समयमा यस विद्यालयका शिक्षक तथा वि। ब्य। स पदाधिकारीहरु मिलेर लगभग ९० हजार रकमको लगानीमा साना विद्यार्थीहरु लड्ने जोखिमलाई मध्यनजर गर्दै रेलिङ् निर्माण गर्ने कार्य सम्पन्न गरिएको छ । यो कार्यक्रम पनि निकै प्रभावकारी रहेको विद्यालयले जानकारी दिएको छ ।
५.पास कार्डको ब्यवस्था:
कक्षा ४ देखि कक्षा १०सम्मका विद्यार्थीहरुका लागि प्रत्येक कक्षामा पास कार्डको व्याबस्था गरिएको छ । जसका कारण विद्यार्थीहरुलाई कक्षा बाहिर जान र आउन चुस्त दुरुस्त राख्नमा सहयोग पुर्याएको छ । प्रत्येक कक्षाका कक्षा मिनटर वा सहायक मनिटरले कक्षा बाहिर जान एक पटकमा दुई जनालाई अनुमती प्रदान गर्ने गरेका छन् । यसको प्रयोग पनि निकै प्रभावकारी देखिएको छ ।

६.गुनासो पेटिका:
यस विद्यालयमा मन्त्रालयको निर्देशन अनुसार गुनासो पेटिको व्यवस्था समेत गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी वा अभीभावकहरुलाई विद्यालय सम्बन्धि कुनै पनि गुनासो रहेमा राखिएको गुनासो पेटिकामा खसाल्न सक्नेछन् भने आएका गुनासाहरुलाई नियम अनुसार गुनासोको प्रकृति हेरेर उचित निर्णय तथा समाधानका उपायहरु खोज्ने गरिएको छ भने सम्बन्धित व्यक्तिलाई जानकारी समेत दिने गरिएको छ ।

७.बालक्लवको स्थापना:
यस विद्यालयमा मधुगङ्गा बालक्लवको गठन गरिएको छ । क्लवले आफ्नै छुट्टै कार्यालय समेत व्याबस्था गरेको छ । क्लवका अध्यक्षका लागि टेबल कुर्सिको ब्यवस्था सहित केहि पुस्तकको व्यबस्था समेत गरिएक छ । टिफिन समयमा क्लवका पदाधिकारीहरुले कार्यालय खोल्ने , साथिहरुलाई पुस्तक पढ्न दिने आवश्यकता अनुसार बैठक बस्ने र केहि नविनतम निर्णयहरु गर्ने गरेको छ । समय सन्दर्भमा वाडा कार्यालयबाट बजेट माग गर्ने विद्यार्थीहरुका लागि प्रतियोगितात्मक कार्यक्रम गर्ने समेत गर्दै आएको छ भने क्लवले आफ्नै बैंक खाता समेत सञ्चालनमा ल्याएकको क्लवका संरक्षक शिक्षक सरोज दाहालले वताउनु भयो ।
८.अभिभावक उपस्थिती पुस्तिकाको व्यबस्था:
यस विद्यालयमा अभिभवकहरुका लागि उपस्थीति पुस्तिकाको व्यबस्था समेत गरिएको छ । अभिभावकहरुको विद्यालयमा उपस्थितिलाइ बढाउने र बालवालिकाहरुको शैक्षिक गुणस्तरलाई टेवा पुर्याउने उद्देश्यले विद्यालयका वि।ब्य।स अध्यक्ष चन्द्रलाल तामाङको परिकल्पनामा पस्थित पुस्तिकाको व्यबस्था गरिएको हो । एक शैक्षिक वर्ष भित्रमा भ्रमण गर्ने अभिभावकहरु मध्येबाट सबै भन्दा धरै पटक विद्यालय भ्रमण गर्ने अभिभावकलाई विद्यालयको वार्षिक उत्सवको अवसरमा दोसल्ला र सम्मान पत्र सहित सम्मान गर्ने गरिएको छ । उक्त गतिविधिले अभिभावकहरुलाई विद्यालय प्रति सकारात्मक सोंचको विकास हुनुका सथै आफ्ना बालवालिकाहरु प्रतिको उत्तरदायीत्व वहनको महसुस गराएको छ ।
९.टाइम कार्डको व्यबस्था:
यस विद्यालयमा प्रत्येक कक्षामा टाइम कार्डको प्रयोग गरिएकोछ । जसका लागि प्रत्येक कक्षाका तोकिइएको एक जान विद्यार्थीले शिक्षकहरु कक्षामा घण्टी लागेको समय मै आउनु भयो कि अघि पछि आउनु भयो भनेर विद्यालयले उपलब्ध गराएको फाईलमा टिपोट गर्दछन भने उक्त फाईललाई शिक्षक मासिक बैठकमा पेस गरी छलफल गर्ने गरिएको छ सथै सो विषयमा कमकमजोरी देखिएका छन् भने सुधारात्मक योजना समेत बनाउने गरिएको छ ।
१०.अन्य गतिविधिहरु:
यस विद्यालयलमा ऐना सहितको खानेपानी व्यबस्था, फुलबारी व्यबस्थापन, कक्षाकोठामा आई सि टि व्यबस्था, तहगत संयोजककको व्यबस्था, कक्षा मनिटरको व्यबस्था, सगरमाथा टिन्स क्लवको गठन, यू। रे।स को गठन, समाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ अन्तर्गत विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, इन्टर्याक्टिभ बोर्ड , स्मार्ट टिभीको व्यबस्था गरिएको छ भने स्थानीय सरकार अन्तर्गत धनकुटा नगरपालिकाको रकमबाट सि।सि। टिभि , ईलेक्ट्रिकि वेल , ई९हाजिरी,पुस्तकालयको व्यवस्था गरिएको छ । यसै गरी राष्ट्रपति शैक्षक सुधार कार्यक्रम अन्तर्गत आ।व।२०७८ मा १८ लाखको बजेटबाट दुई कोठे ट्रस्ट सहितको भवन निर्माण सम्पन्न भएको छ भने यस आ।व। पनि राष्ट्रपति शैक्षक सुधार कार्यक्रम अन्तर्गत नै ३६ लाखको बजेटमा ४ कोठे भवन निर्माणाधिन अवस्थामा रहेको छ ।
यस विद्यलयलाई योगदान पुर्याउनुहुने महानुभावहरुको नामावली:
(क) चक्र ब बुढाथोकी, भिरगाउँ – २ ९हाल ध।न।पा।–२०
(ख) भक्त ब तामाङ्ग, भिरगाउँ–३ ९हाल ध।न।पा।–२०
(ग) राइटर चक्र ब बस्नेत, भिरगाउँ–३ ९हाल ध।न।पा।–२०
(घ) रत्न बहादुर बस्नेत, भिरगाउँ–२ ९हाल ध।न।पा।–२०
(ङ) फत्य बहादुर बस्नेत, भिरगाउँ–३ ९हाल ध।न।पा।–२०
(च) चेतनाथ गुरागाई, भिरगाउँ–५ ९हाल ध।न।पा।–२०
(छ) चन्द्र बहादुर बस्नेत, भिरगाउँ–३ ९हाल ध।न।पा।–२०
(ज) सुवर्ण बस्नेत, भिरगाउँ–३ ९हाल बिराटनगर, मोरङ्ग०
(झ) जयलाल तामाङ्ग, भिरगाउँ–३ ९हाल मधुमल्ला, मोरङ्ग०
(ञ) हर्कबहादुर परियार, भिरगाउँ–३ ९हाल धरान उ।मा।न।पा।, चतरालाइन, सुनसरी
उल्लेखित विभिन्न प्रधानाध्यापकहरु विद्यालय संचालन एंव व्यवस्थापन समितिका पदाधिकारीहरु तथा शिक्षक अभिभावक संघका संयोजक तथा पदाधिकारिहरु र भिरगाउँ निवासी सम्पूर्ण अभिभावकले पनि विद्यालयलाई दिएको योगदान कम छैन । विद्यालयको ऐतिहासिक एंव शैक्षिक अवस्थाको चर्चा गर्दा २०२६ सालमा यस विद्यालयबाट प्रथम पटक एस।एल।सि। परीक्षामा सामेल गरिएको ९ जना विद्यार्थी थिए । मा.वि.तहको स्विकृति वि.सं.२०१५ मा भयो । वि.सं. २०६८ श्रावण देखी उच्च माध्यमिक तहको पठनपाठन सुरु भई हाल नेपाल सरकारबाट कक्षा ९–१२ लाई माध्यमिक तहमा नै रहने गरी शिक्षा नियमावलीमा व्यवस्था भएको छ ।
वि सं २०७५ साल देखी अहिले सम्म यस विद्यालयमा प्रधानाध्यपकको भूमीका नरबहादुर विश्कर्माले निर्वाह गर्दै आउनुभएको छ ।
अहिले विद्यालय व्यवस्थापन समितिमा रहेका पदाधिकारीहरुको नामावली:
१. चन्द्रलाल तामाङ्गअध्यक्षध.न.पा–२, चोक्रोक मनोनित
२. राजकुमार राई सदस्य ध.न.पा.–२, भिरगाउँ निर्वाचित
३. चन्द्र बहादुर दाहाल सदस्यध.न.पा–२, भिरगाउँ निर्वाचित
४. दुर्गा बस्नेत (ढकाल)सदस्यध.न.पा.–२, भिरगाउँनिर्वाचित
५. तुलसा बस्नेत (भण्डारी) सदस्यध.न.पा–२,भिरगाउँनिर्वाचित
६. रुपा वानेमसदस्य ध.न.पा–२, भिरगाउँ मनोनित
७. टिकाराम दर्नाल सदस्यध.न.पा.–२, भिरगाउँ मनोनित
८. सरोज दाहालसदस्य ध.न.पा.–२, भिरगाउँ शिक्षक प्रतिनिधि
९. नर बहादुर विश्वकर्मासदस्य सचिब केराबारी–५, मोरङपदेन प्र.अ.
-विद्यालय व्यबस्थापन समिति अध्यक्षः चन्द्रलाल तामाङ वडा अध्यक्ष समेत हुन
– जम्मा स्टाफः २३ जाना कर्मचारी सहित
स्थापना कालदेखी अहिलेसम्मका प्रधानाध्यापक तथा वि।व्य।स। अध्यक्षहरुको नामावली:
क्र.सं.प्रधानाध्यापकहरु वि.व्य.स. अध्यक्षहरु
-धरणीधर गुरागाई – रत्न बहादुर बस्नेत
– निरन्जन श्रेष्ठ- – चक्र बहादुर बस्नेत (रइटर)
– चेतनाथ गुरागाई – चेतनाथ गुरागाई
– गणेशमान श्रेष्ठ – फत्य बहादुर बस्नेत
– कृष्ण प्रसाद दाहाल – भक्त बहादुर भण्डारी
– टिका प्रसाद लामिछाने – पहलमान बस्नेत
– नारायण जोशी – डम्बर प्रसाद गुरागाई
– हरिनारायण श्रेष्ठ८ -राजेन्द्र प्रसाद गुरागाई
– अर्कराज तिम्सिना – चन्द्रलाल तमाङ्ग ९हाल०
– धन बहादुर तामाङ्ग
– कृष्ण बहादुर ब्लोन
– पृथ सिं दाहाल
– प्रेम बहादुर थापा
– कमल बहादुर दाहाल
– गोविन्द प्रसाद दाहाल
– तेज नारायण साहु
– केदार प्रसाद अधिकारी
– राम प्रसाद यादव
– इश्वर गुरागाई
– वाशुदेव निरौला
– विमल दाहाल
– वाशुदेव निरौला
– नर बहादुर विश्वकर्मा (हाल)
– सहयोग प्रधानाध्यापक नर बहादुर विश्कर्मा












