१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण

धनकुटा, असार ३२ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको समेत निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो ।

निर्देशनको क्रममा वहाँले प्रहरी अनुशासित र ईमान्दारी भई दुरुस्त प्रहरी पोशाक लगाई आम नागरिकहरुसंग सदैव शिष्ट र सभ्य व्यवहार गर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन र पुराना पेन्डिङ अपराधका मुद्धाहरुलाई प्राथामिकतामा राखी कार्य गर्न निर्देशन दिनु भयो ।

प्रहरीले पाएको व्यबस्थित भवनको साथै असभावका सामानहरुको हिफाजत गरी प्रयोग गर्न, सामुदायिक साझेदारी कार्यक्रमलाई प्रभाकारी बनाई बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरी नागरिक र प्रहरीको सम्वन्ध सुमधुर बनाउन, प्रहरीको सकृयता बढाई शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि तत्काल नियन्त्रण गर्न, प्राकृतिक स्रोत साधनको अवैध दोहन रोक्न र सवारी दुर्घटना न्युनिकरणको लागि प्रभावकारी चेकिङ गर्न निर्देशन दिनु भयो ।

सोही क्रममामा आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षाका योजनाहरु तयार गरी सोही अनुसार प्रहरी कार्यलाई तिब्रता दिन समेत निर्देशन दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।