पाख्रीबास नगरपालिकाद्वारा करार अवधि सकिएपछि २२ कर्मचारीलाई गरे पदमुक्त,स्थानिय तह कर्मचारी संघ नेपाल पाख्रीबास नगर समितिद्वारा विज्ञप्ति जारी गरेर गरे विरोध

स्थानिय तह कर्मचारी संघ नेपाल पाख्रीबास नगर समितिद्वारा विज्ञप्ति जारी गरेर गरे विरोध

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका अन्तर्गत करार सेवामा नियुक्ति भई सेवारत २२ जना कर्मचारीहरुलाई करार अवधि थप नगर्ने भनि नगरले सुचना प्रकाशित गरेको थियो ।

नगरको उक्त निर्णयपछि स्थानिय तह कर्मचारी संघ नेपाल पाख्रीबास नगर समितिले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयलाई सच्चाउंदै पुनर्वहाली गरिनु पर्ने माग गरेका छन् ।

साथै उपचारका लागि न्यायालयको ढोका ढकढक्याउन बाध्य नपार्न समेत समितिका अध्यक्ष नारायण बस्नेत र सचिव दिपेन्द्र गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति

स्थानीय तह कर्मचारी संघ नेपाल पाखीबास नगर समिति पाखीबास, धनकुटा

मिति २०७९/०३/३२

विज्ञप्ति

नेपालको संघीय शासन व्यवस्थामा नागरिकका आधारभूत आवश्यकता तथा जनताको विकास प्रतिको चाहना पूरा गर्न स्थानीय तहको सांगठानिक संरचना अन्तरगत कर्मचारीहरुको भूमिका अहम् रहन्छ ।

यसै विषयलाई मनन् गर्दै धनकुटा जिल्लाको पाखीबास नगरपालिका नगर कार्यपालिकाको कार्यालयले पनि कर्म चारीहरुको आवश्यकताका आधारमा कर्मचारी नियुक्तिसँग सम्बन्धित प्रचलित ऐन कानुन, कार्यविधि, मापदण्डका आधारमा विभिन्न समयमा करार सेवामा कर्मचारीहरु नियुक्त गरी सेवा प्रवाह गरिरहेको जनताले सर्वसुलभ ढंगबाट सेवा प्राप्त गरिरहेको व्यहोरा जगजाहेर नै छ।

पाखीबास नगरपालिकाको १० औं नगरसभाले आफ्नो नीति तथा कार्यक्रममा सम्पूर्ण कर्मचारीहरुको सेवालाई निरन्तरता दिनेगरी निर्णय गरेको र आवश्यक बजेट समेत व्यवस्था गरिसकेको सन्दर्भमा मिति २०७९/०३/३१ गते च. नं. ३५३५ को बरबुझारथ गर्ने सम्बन्धमा विषयको पत्र पालिकाको वेवसाइटमा राखिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्ष ण भएको छ ।

विगत २०६३ सालदेखि विभिन्न समयमा नियमानुसार नियुक्ति भई अनवरत रुपमा सेवारत २२ जना राष्ट्रसेवक कर्मचारीहरुलाई बिना कारण, सम्बन्धित कर्मचारीहरुलाई कुनै जानकारी नदिइकन पदबाट हटाइनु गम्भीर आपत्तिजनक एवम् रोजगारीको हक तथा नगरभित्रका युवाहरुलाई बेरोजगार हुन नदिने नीतिको बर्खिलाप भएको छ ।

सो निर्णयबाट जीवनको महत्वपूर्ण एवम् उर्वर समय राष्ट्रको सेवामा योगदान दिएका कर्मचारीहरु मात्र नभई वहाँहरुको परिवार तथा बालबालिकाको जीविकोपार्जन तथा शिक्षा दीक्षामा समेत प्रत्यक्ष असर पुग्ने देखिन्छ ।

सिमित पारिश्रमिक तथा सेवा सुविधाको अधिनमा रही अहोरात्र सेवामा खटिने कर्मचारीहरुलाई यसरी हठात् सेवाबाट बर्खास्त गर्ने कुरा अव्यवहारिक तथा अमानवीय भएको ठहर गर्दै उक्त निर्णयलाई सच्याई सम्पूर्ण कर्मचारीहरुको पूनर्वहालीका लागि जोडदार माग गर्दछौँ ।

साथै सो निर्णयबाट बर्खास्तमा परेका पिडित कर्मचारीहरुले कानुनी उपचारका लागि न्यायालयको ढोका ढकढक्याउन बाध्य नपार्न समेत यसै विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउन चाहन्छौँ ।

हिजो प्रकाशित नगरपालिकाको सुचना हेर्नुहोस्

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖