दुई गाउँलाई ४६ बर्ष पछि लालपूर्जा

नारायण कुमार राई/धनकुटा,३२ असार । साँगुरीगढी गाउँपालिकाको ओख्रे र तुंखा गाउँका २८ घर परिवारले ४६ बर्ष पछि लालपूर्जा पाएका छन् ।

२०३३ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँब्लकको नाममा राखिएपछि उनीहरु लालपूर्जा पाउनबाट बन्चित भएका थिए ।

नापी कार्यालय धनकुटाले डाँडाबजारमा शनिबार एक लालपूर्जा हस्तान्तरण कार्यक्रमको आयोजना गरेर उनीहरुलाई लालपूर्जा हस्तान्तरण गरिएको हो ।

उनीहरुलाई भूमि ब्यबस्था सहकारी तथा गरिवी निवारण मन्त्री सशी क्षेष्ठ ,मन्त्रालयका महाप्रवन्धक प्रकाश जोशी र पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा लालपूर्जा बितरण गरेका थिए ।

कार्यक्रममा नापी कार्यालय प्रमुख मिथिलेस यादवले चौबिसे गाउँपालिकाको मुढेवासमा पनि सोही प्रकृतिको लालपूर्जा बितरणको काम अन्तिम तयारीमा रहेको जानकारी दिए ।

लालपूर्जाका लागि पालिकाका निवर्तमान अध्यक्ष कुमारजंग याखा र सो क्षेत्रका निर्वतमान अध्यक्ष पलकबहादुर बस्नेतले शुरु गरेको काम सफल भएको भन्दै नापी शाखा यादव र पालिका अध्यक्ष राईले उनीहरुको प्रशंसा गरेका थिए ।

कार्यक्रममा संबिधान सभा सदस्य हेमराज भण्डारी,प्रदेश सभासद् कुसुम कुमारी श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल,भूमि सम्बन्धी समस्या समधान आयोग धनकुटाका अध्यक्ष बलबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖