धनकुटाबाट एक दशकमा बैदेशिक रोजगारीमा गएका १८ जनाले ज्यान गुमाए

धनकुटा,१ साउन । विगत एक दशकको अबधीमा धनकुटा बाट बैदेशिक रोजगारीमा गएका मध्ये १८ जनाले बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् ।

मलेशिया सहित खाडी देशहरुमा रोजगारीका लागि पुुगेका १८ जनाको आकस्मिक र विभिन्न दुर्घटना परि ज्यान गएको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ । मृ’तक मध्ये श्रम स्वीकृृती लिएर गएका १२ जनाको परिवारले रोजगारदाता कम्पनी र नेपाल सरकारबाट राहत र क्षतिपूर्ति रकम पाएका छन् । बाँकि ६ जनाको भने क्षतिपूर्ति र राहत प्राप्तीको प्रकृया पुरा नभएको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ ।

एक दशकको अबधिमा धनकुटाका ४६ हजार ५ सय ९१ जनाले बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल
काठमाडौँ, १ साउन (रासस) :साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । साउन महिना भगवान शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि खुसी हुने धार्मिक विश्वास छ ।

पशुपति क्षेत्रमा चहलपहलसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोल बम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

विसं २०७७ र २०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो । दुई वर्ष साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न नपाएका भक्तजन यसवर्ष भने चान्द्रमासअनुसार साउन लागेदेखि नै पशुपति क्षेत्रमा धाउन थालेका थिए । चान्द्रमास अनुसार यसवर्ष असार ३० गतेदेखि श्रावण शुक्ल प्रतिपदा सुरु भएको हो ।

साउन महिनामा तीजमा जत्तिकै भक्तजन आउन भएकाले सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताउनुभयो । कोष सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा साउने मेला व्यवस्थापन समिति बनाइएको छ ।

यसैगरी कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा कार्यान्वयन समिति पनि गठन गरिएको छ । कार्यान्वयन समितिमा कोषका विभागीय प्रमुखलाई सदस्य राखिएको छ । पशुपति क्षेत्रमा जुत्ताचप्पल व्यवस्थापन, स्वयंसेवा, सुरक्षा व्यवस्था, चन्दन वितरणलगायत सेवा दिइने कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा साउन महिनाको पनि सोमबार विशेष भीड लाग्ने गर्छ । यसवर्ष साउनमा पाँच सोमबार परेका छन् । पाँच सोमबार पर्नुलाई राम्रो भन्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको धेरै भीड लाग्ने गर्छ ।

धार्मिक संस्थाको आयोजनामा यसवर्ष साउन महिनाको अवसर पारेर अतिरुद्रांभिषेक महायज्ञसमेत आयोजना गरिएको कोषले जनाएको छ । भगवान् शिवलाई छिटो खुसी पार्न सकिने भएकाले आशुतोष नामले पनि पुकारिन्छ । भगवान् शिवलाई खुुसी पार्न शुद्ध जलमात्र चढाए पनि हुन्छ भन्ने धार्मिक मान्यता छ ।

यसै मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष साउनमा एकपटक अनिवार्य रुपमा रुद्राभिषेक गर्ने गरेका छन् । साउन महिनाको तयारीका लागि कोषले सफाइ कर्मचारीलाई तालिम दिएको छ । करिब १०० कर्मचारी पशुपति क्षेत्रको सफाइमा खटाइएको कोषले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।