विज्ञ केन्द्रका १७ वटा कार्यक्रम सम्पन्न

धनकुटा,१ साउन । आर्थिक बर्ष २०७८÷०७९ मा भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र धनकुटाले प्रदेश सरकार बाट प्राप्त २ करोड ९ लाख मूल्य बराबरका १७ वटा कार्यक्रम सम्पन्न गरेको छ ।

भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र धनकुटाले धनकुटा नगरपालिकामा ९५ लाख २५ हजार बराबरका ५ वटा, साँगुरीगढी गाउँपालिमामा २० लाख बराबारको एक वटा, महालक्ष्मी नगरपालिकामा २५ लाख बराबरको एक, छथरजोरपाटी गाउँपालिमाकामा २ वटा , शहिदभूमी गाउँपालिकामा २ वटा कार्यक्रम संचालन गरीएको भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र धनकुटा कार्यलय प्रमुख लोकनाथ ढुङ्गगानाले जानकारी दिनु भयो ।

जसमा खोर सुधार, भकारो सुधार, व्यावसाय प्रबद्धन लगायत रहेका कार्यलयले जनाएको छ ।

तनहुँमा थपिए ४८८४ नयाँ मतदाता
दमौली, १ साउन (रासस) :आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार ८८४ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली सङ्कलन असार १ गतेदेखि पुनः सुचारु भएको थियो ।

एक महिनाको अवधिमा दुई हजार २९८ महिला र दुई हजार ४७८ पुरुष गरी चार हजार ७७६ तनहुँका नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै बाहिरी जिल्लाका एक सय आठ मतदाता पनि निर्वाचन कार्यालयमार्फत् थपिएका छन् ।

मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण देखिएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । “फोटोसहितको मतदाता नामावली दर्ता गरी मताधिकार सुरक्षित गर्न सर्वसाधारणमा आकर्षण देखिएको छ”, उहाँले भन्नुभयो, “दैनिकजसो कार्यालयमा भीड हुन्छ ।”

मतदाता नामावली दर्ताका लागि विभिन्न पालिकाबाट सर्वसाधारण बस रिजर्भ गरेर आउने गरेका छन् । तनहुँमा हालसम्म दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । विसं २०७९ साल वैशाख २९ गतेसम्म एक लाख १७ हजार १३४ पुरुष र १२७ हजार दुई ६०० छ मतदाता छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖