धनकुटा बजारका १० स्थानमा सिसि क्यामेरा जडान

धनकुटा,२ साउन । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीको बिशेष पहलमा सघन शहरी तथा भवन निर्माण आयोजनाले जिल्ला प्रहरी कार्यलय धनकुटाको निगरानीमा रहने गरी धनकुटा बजारका विभिन्न १० स्थानमा सिसि क्यामरा जडान गरेको छ ।

उक्त क्यामरा जडानको उत्घाटन धनकुटाका प्रमुख जिल्ला अधिकरी युवराज कट्टेलले गर्नु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाको आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको छ ।


-फोटो : जिल्ला प्रहरी कार्यालय धनकुटाको फेसबुकबाट

यो पनि..
पर्यटन पुनरुत्थानका लागि योजनाबद्ध कार्यक्रम ल्याइन्छ : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौँ, २ साउन (रासस) :संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।

नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानबारे आज मन्त्रालयमा सरोकारवालाहरुसँगको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारीरूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । पर्यटनमन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थानका लागि गठित समितिले हालै मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेकाले छलफलमा उठेका थप विषय र सुझावलाई समेटेर सोही आधारमा कार्यक्रम तयार गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिडपछिको पर्यटन पुनरुत्थानको योजना बनाउन गठित समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा नसमेटिएका विषयलाई छलफलबाट आएका सुझावलाई आधार मानेर तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने कामको योजनाबद्ध कार्यक्रम तय गरेर अघि बढ्छौँ ।”

मन्त्री श्रेष्ठले मन्त्रालय र मातहत निकायका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन समयसापेक्ष नीतिगत सुधारका कामलाई पनि सँगै अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । उहाँले पर्यटन क्षेत्रमा भएका कतिपय विकृति नियन्त्रण गर्न सरोकारवालाको सक्रिय सहयोग चाहिने खाँचो औँल्याउनुभयो ।

कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव र आगामी रणनीतिबारे राय सुझाव लिने उद्देश्यले आयोजना गरिएको छलफलमा पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिले पर्यटन पुनरुत्थानको कामलाई योजनाबद्ध प्रभावकारीरूपमा अघि बढाउन, नीतिगत सुधारदेखि सेवा सुदृढीकरणका बारेमा सुझाएका थिए ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटनलाई प्राथमिकतायुक्त उद्योगका रूपमा मान्यता दिएर यस क्षेत्रको विकासका लागि लगानी आकर्षण र प्रोत्साहनका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले अन्तर्राष्ट्रिय प्रवद्र्धनको कामलाई प्रभावकारीरूपमा अघि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटनसम्बन्धी स्पष्ट नीति आवश्यक रहेको भन्दै हिमाल आरोहण क्षेत्रलाई व्यवस्थितरूपमा अघि बढाइनुपर्ने बताउनुभयो ।

पर्यटन व्यवसायी दीपक महत, शिव अधिकारी, कुमार खड्का, विभूतिचन्द ठाकुर, कुमारमणि थपलिया, घनेन्द्र श्रेष्ठलगायतले पर्यटन क्षेत्रका चुनौती र सम्भावनाबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा मन्त्रालयका उपसचिव सरोज पोखरेलले पर्यटनको अवस्था र आगामी योजनाबारे संक्षिप्त प्रस्तुती दिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।