धनकुटामा र’क्सी चाखेर कार्यक्रमको उद्घाटन

धनकुटा,३ साउन । औपचारिक कार्यक्रमको सुरुवात गर्दा व्यानर पढेर, बत्ति बालेर गर्ने प्राय चलन भए पनि धनकुटाका आज गराएको एक कार्यक्रमा भने लोकल र’क्सी चाखेर गरिएको छ ।

परम्परागत घरेलु म’दिरा ( कोदोको र’क्सी ) प्रवद्धन समिती प्रदेश न १ ले आयोजना गरेको जिल्ला समिती भेला तथा समिती गठन कार्यक्रममा प्रमुख अतिथी, अतिथीहरुले कोदोबाट बनेको घरेलु म’दिरा चाखेर कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो ।

सो कार्यक्रका बक्ताहरुले कोदोबाट बनेको र’क्सीलाई ब्राण्ड बनाएर बिक्रि वितरण गर्नका लागि अहिले रहेका विद्यमान कानुनी व्यवस्थालाई परिमार्जन गर्न माग समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै परम्परागत घरेलु म’दिरा ( कोदोको र’क्सी ) प्रवद्र्धन समिती प्रदेश न १ का बुद्धिजिवी संयोजक देश कुमार वामिङ्गले मुलुकको व्यापार घाटा कम गर्नका लागि घरेलु म’दिरा ( कोदोको र’क्सी ) प्रवद्र्धन गर्नु आजको आवश्यता भएको बताउँदै समय अनुसार प्रचलित कानुनहरुलाई परिवर्तन गर्नु पर्ने आवश्यता रहेका बताउँनु भयो ।

त्यस्तै समितीका प्रदेश नम्बर १ अध्यक्ष टेक बहादुर खजुमले बाँझो जमिनमा कोदो उत्पादन गरेर त्यसलाई ‘मदिरा बनाई बिदेश निर्यात गर्न सके रोजगारी खोज्दै नेपालीहरुले बिदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताउँनु भयो । उहाँले अहिले पनि विभिन्न बहानामा म’दिरा उत्पादन गर्नेहरु लाई प्रशासनले दु:ख दिने गरेको बताउँदै अब म’दिरा बनाउँने र त्यसका लागि चाहिने कच्चा पदार्थको लागि सरकारले सहयोग गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले समेत कानुनी कुराहरु लाई सुधार गरेर घरेलु मदिरा उत्पादन प्रोत्साहन गर्नु पर्ने धारण राखेका थिए । कार्यक्रममा जनप्रतिनिधी, सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।