कांग्रेस धनकुटाद्वारा जिल्ला अनुशासन समिति गठन गर्दै पालिका संयोजकहरु हेरफेर ,कुन पालिकामा को ?

धनकुटा । नेपाली कांग्रेस धनकुटाले जिल्ला अनुशासन समिति गठन गठन गर्दै पालिका संयोजकहरु हेरफेर गरेको छ ।

पार्टीका जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा बसेको जिल्ला कार्य समिति बैठकले जिल्ला अनुशासन समिति गठन गरेको हो । जसअनुसार अनुशासन समितिको संयोजकमा जिल्ला सचिव जयन्द्र घिसिङलाई चयन गरेको छ ।

सदस्यहरुमा अधिवक्ता ठगिन कुमार राई र रमेश ईवाहाङ्ग रहेको सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो । त्यस्तैगरी बैठकले पालिका संयोजकहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ ।

महालक्ष्मी नगरपालिकाको संयोजकमा पार्टीका जिल्ला उपसभापति निर्मल प्रसाद ओझा,सागुरीगढी गाउपालिकाको संयोजकमा जिल्ला उपसभापती सुनिल डंगोल, जिल्ला सचिव विजय सन्तोषी राईलाई धनकुटा नगरपालिका संयोज,जिल्ला सचिव जयन्द्र घिसिङ्ग पाख्रीवास नगरपालिका संयोजक,सहसचिव रोशन श्रेष्ठ सहिदभूमी गाउपालिका संयोजक,सहसचिव गिरिजा प्रसाद दाहाल छथरजोरपाटी गाउपालिकाको संयोजक र प्रवक्ता खगेन्द्र घिमिरेलाई चौविसे गाउपालिका संयोजकको जिम्मेवारी दिईएको छ ।

बैठकमा पालिका संयोजकहरुलाई जिम्मेवार दिदै सभापति राईले आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेसलाई जिताउन सक्रियता पूर्वक लाग्न निर्देशन दिनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।