एभोकाडोको महत्व र अर्थ बुझाउँदै ज्योतिराम पोखरेल
जीवनप्रसाद राई । २०७५ सालमा धनकुटा नगरपालिकाले एभोकाडोको बृहत परियोजना शुरु गर्नुपुर्व नै धनकुटा ६ कचिडेका ज्योतिराम पोखरेल एभोकाडोको ब्यापारमा संलग्न थिए । उनको ब्यवसायको नयाँ उचाई त्यतिबेला भयो जतिबेला धनकुटा नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गर्यो ।

लेखक
धनकुटा नगरले एभोकाडोको बिस्तृत सुधारको कार्यक्रम संचालनमा ल्यायो । जुन उहाँले परिकल्पना गर्नुभएको भन्दा निकै फरक ढंगले परिवर्तन हुदै गयो । उहाँले एभोकाडोको फललाई काठमाण्डौ र पोखरा पठाउने कार्य मात्रै गरिरहनु थियो । धनकुटा नगरपालिकाको एभोकाडो कार्यक्रम पछि उनको ब्यवसायले चौतर्फी फड्को मार्न थाल्यो । उहाँले एभोकाडोको बिजु नर्सरीको संभावना देखेर त्यसको काममा तुरुन्तै शुरु गरे । यसपछि एभोकाडोको कमली बिरुवाको संभावना देखे । यी दुवै कुराहरु धनकुटा नगरपालिकाको आर्थिक लगानीमा तेखिमे कृषि परामर्श सेवाफर्मको प्राबिधिक सहयोगमा अघि बढेको थियो ।

धनकुटा नगरपालिकाले आयोजना गरेको र तेखिमे कृषि परामर्श सेवा फर्मको प्राबिधिक सहयोग रहेको नर्सरी सुधार परियोजना २०७६ र एभोकाडोमा कमली प्रबिधि कार्यक्रम २०७७ गरि दुईपटक उहाँ सहभागी रहनुभयो । यसबाट उहाँलाई प्राबिधिक बिषयमा दक्षता हासिल गर्नुका साथै यसको बजारको बिषयमा धेरै सुचना अनि जानकारीहरु लिनुभयो । तुरुन्तै एक्सनमा लाग्ने उहाँको बानीको कारणले गर्दा उहाँले शुरुमा बिजु बिरुवा ४० हजार तयारी गर्नुभयो ।
यसलाई उहाँले नेपालको १५ वटा जिल्ला भन्दा बढीमा पुर्याउनुभयो । यसका साथै उहाँले अन्य वरपरका साथीभाई र छिमेकीहरुले तयारी पारेको बिरुवालाई समेत संकलन गरेर बिक्री गरे । यसबाट उहाँलाई हौसाला, प्रेरणा र उत्साह सबै मिल्यो । यसपछि उनले कमली प्रबिधिको जमाना आएको सहजै थाहा पाए र यसैमा लगानी केन्द्रित गरे । लाखौको लगानीमा उनले कलमी प्रबिधिको कामको शुरुवात गरे । उनको लगानीले धेरै सफलता प्राप्त गर्यो । एभोकाडोमा कमली क्रान्ति नै गरे जुन धनकुटामा एक अनुकरणीय रह्यो ।

सफलताको नमुना:
एभोकाडोबाट पोखरेलले आर्थिक रुपमा उन्नति मात्रै होईन उनको जीवनमा धेरै खालका परिवर्तनहरु आए । सर्बप्रथम उनी मोटरसाईकल मात्रै चढेर हिड्ने गर्दथे भने एभोकाडोको कमाईले एउटा कार किन्न सफल भए । उनको एक छोरालाई अमेरिका पढ्न पठाए त्यो पनि एभोकाडोको कमाईबाटै संभव बनाए ।
हाल एभोकाडोमा जति पनि अध्ययन अनुसन्धानका कार्यहरु गरिरहेका छन त्यो एभोकाडोको कमाईबाट नै हो । एभोकाडोको ब्यवसायबाट उनले सामाजिक र आर्थिक रुपमा समाजमा सम्मानित हुने अवसर प्राप्त गरेका छन । हाल उनले एभोकाडोको बिरुवाको संख्यालाई बृद्धि गर्दै पनि लागिरहेका छन । यसका साथै एभोकाडोको बिजु बिरुवा र कमली बिरुवालाई समेत उत्पादन बृद्धि गर्दै गईरहेका छन । उनको बजार बिस्तार नेपालको एभोकाडो हुने सबै ठाँउमा हुदै गईरहेको छ । यसबाट उनको थप प्रगति र उन्नती हुने संभावना ज्यादै राम्रो देखिन्छ ।

धनकुटा नगरपालिका क्षेत्रभित्रको सफल नमुना पात्र:
धनकुटा नगरपालिकाले एभोकाडोको बृहतम कार्यक्रम संचालनमा ल्याएपछि ज्योतिराम पोखरेल जस्तै अन्य धेरै सफल पात्रहरु रहेका छन । वडा नम्बर ३ प्रत्येक घरमा नर्सरी उत्पादन पकेटक्षेत्रको रुपमा बिकास समेत भएको छ तर पोखरेलले गरेको अभ्यास तथा उनको प्रगतिको आधारमा धनकुटा नगरक्षेत्रमा उनले गरेको काम सबैभन्दा उत्कृष्ट देखिन्छ ।
पोखरेलको आफ्नै बारीमा नमुनाका एभोकाडोको बिरुवाहरु रहेकोले कमली बिरुवा तयारी गर्नका लागि उनलाई सबैभन्दा ठुलो सहयोग भयो । यसकै कारणले नै उनको एभोकाडो कलमी बिरुवामा सबैभन्दा विश्वास बढ्यो । जतिपनि यसको ग्राहकहरु उनको घरमा आए त्यसबाट उनलाई बजारीकरणका लागि फाईदै फाईदै भयो । आर्थिक बर्ष २०७७-०७८ मा १ हजार कमली बिरुवा उत्पादनको क्षमता बनाएकामा आउने साल आ.बा. २०७८-०७९ मा २ हजार कमली बिरुवा उत्पादन गर्ने लक्ष्य बनाएका छन । देशभर कमली प्रबिधि जम्मा ५० प्रतिशत मात्रै सफल भएकोमा पोखरेलले नै यसलाई ९० प्रतिशत सम्म सफल बनाए । अब उनको मिसन शतप्रतिशत सफलता बनाउने हो ।
नगरभित्रको स्रोत ब्यक्ति बन्दै:
धनकुटा नगरपालिकाले एभोकाडो कार्यक्रम संचालन गरिसकेपछि पोखरेल एक सशक्त स्रोत ब्यक्तिको रुपमा उदाएका छन । एभोकाडोको लागि एकमात्रै अनुसन्धान केन्द्र धनकुटा जिल्लाको पाख्रीबास कृषि अनुसन्धान केन्द्र हो । त्यही अनुसन्धान केन्द्र संग पनि सहकार्य गरिरहेका ज्योतिराम पोखरेल अहिले धनकुटामा एभोकाडोको अध्ययन अनुसन्धान गर्न चाहने ब्यक्तिहरुको लागि केन्द्रको रुपमा उनको घर, बगैचा, नर्सरी सबै एभोकाडोको केन्द्र बन्दै गरेको छ । एभोकाडोमा कलमी प्रबिधिको सम्पुर्ण तरिकाहरु समेत सिकाउन सक्ने गरिको स्रोत ब्यक्ति बनेका छन ।

यो धनकुटा नगरपालिकाको लागि एक अत्यन्तै महत्वपुर्ण बिषय हो । उनको योजना अनुसार प्रतिबर्ष १० हजार सम्म कमली बिरुवा पुर्याउने र बितरण गर्न सक्ने क्षमताको बिकासमा उनी लागेका छन । धनकुटा नगरपालिकाले ज्योतिराम पोखरेल जस्ता ब्यक्तिहरु लाई प्रबर्धन गर्ने जमर्को गरौ । यसबाट धनकुटा नगर र नगरबासीहरुलाई फाईदै फाईदा हुनेछ । जय धनकुटा ।

(लेखक तथा कृषि पर्यटन अभियन्ता जीवनप्रसाद राई मोफसलमा रहेर नियमित कमल चलाउने ब्यक्ति हुन । उनी बिगत एकबर्ष अघि देखि धनकुटा खबरमा नियमित रुपमा स्तम्भ लेख्ने गर्दछन ।- सम्पादक)


