जिल्ला प्रशासन कार्यालय धनकुटाले एक आर्थिक बर्षमा ८ हजार ८ सय २२ जनालाई नागरिकता वितरण,६ हजार ५० वटा प्रतिलिपी

धनकुटा, ५ साउन । जिल्ला प्रशासन कार्यलय धनकुटा आर्थिक बर्ष २०७८( २०७९ मा ८ हजार ८ सय २२ जना लाई नागरिकता वितरण गरेको जनाएको छ । जस मध्ये ८ हजार ८ सय १९ जना लाई बंशजो आधारमा र ३ जना लाई बैबाहिक अंगिकृत नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यलय धनकुटाले प्रकाशन गरेको प्रशासन बुलेटिन २०७९ मा उल्लेख गरिएको छ ।

त्यस्तै ६ हजार ५० वटा प्रतिलिपी समेत दिएको जनाईएको छ । सबै भन्दा बढी गएको पुस महिनामा २ हजार ६ सय ८३ जनाले बंशजको आधारमा नागरिकता लिएका छन् भने सबै भन्दा कम गत आर्थिक बर्षको श्रावण महिनामा २ सय ६३ जनाले बंशजको आधारमा नागरीकता लिएको तथ्याक रहेको छ । त्यस्तै फागुन महिना सबै भन्दा १ हजार ६७ जनाले प्रतिलिपि लिएका छन् भने सबै भन्दा कम श्रावण महिनामा २ सय १० जनाले प्रतिलिपी लिएको तथ्याक रहेको छ ।

नाम फेरेर एसपीसी सम्झौता गर्ने तयारी भइरह्यो, अविलम्ब अमेरिकालाई पत्राचार गर्नुपर्छ : माओवादी केन्द्र
काठमाडौं, ५ साउन /नेकपा माओवादी केन्द्रले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुुख सचेतक देवप्रसाद गुरुङले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेको थियो भने पत्राचार गर्ने विषयमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ । सरकारले निर्णय गरेको एक महिना पुगिसक्दा पनि पत्राचार नगरिएपछि सत्ता साझेदार दल माओवादी केन्द्रले सदन र सरकारको ध्यानाकर्षण गराएको हो ।

सरकारले निर्णय गरिसक्दा पनि परराष्ट्र मन्त्रालयले पत्राचार गर्न आनाकानी गर्नु शंकास्पद रहेको गुरुङको भनाइ छ । एसपीपीको नाम फेरेर सम्झौता गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

‘एपीपी सम्झौता नहुने भएपछि अरु विकल्प नामहरुबाट कन्टेन्ट त्यही राखेर, सैन्य सम्झौताको कन्टेन्ट राखेर अरु विभिन्न नामबाट पनि वर्कआउट गरिरहेको बुझिन्छ । म्युचुअल डिफेन्स ट्रिटी, स्ट्राटिजिक डिफेन्स प्याक्ट नामबाट पनि प्रयास भइरहेको छ । योबाट पनि हुन सकेन भने एमसीसीमा टेकेर स्टाटस अफ फोर्स एग्रिमेन्ट (सोफा) गर्ने प्रयासहरू भइरहेको छ । जसरी भए पनि नेपाललाई आईपीएसको पार्ट बनाउने र अमेरिकाको नेसनल गार्डसँग सैन्य सम्झौता गर्ने तयारी भइरहेको छ । यो विषय गम्भीर विषय भएको हुनाले सरकारले गम्भीरतापूर्वक लिनुपर्छ,’ गुरुङले बैठकमा भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖