धनकुटामा यसरी मनाइयो विपी स्मृति दिवस

धनकुटा,६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा शुक्रबार धनकुटामा पनि विपी स्मृति दिवस मनाइएको छ ।

नेपाली कांग्रेस धनकुटा र विपी विचार समाज धनुकटाले संयूतm रुपमा आयोजना गरेको कार्यक्रममा बोल्ने बतmाहरुले कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेको स्मरण गर्दै उहाँले प्रतिवादन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेका बताएका थिए ।

आफ्नो प्रधानमन्त्रीकालमा उनले गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गरेका थिए ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो ।

प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो ।

धनकुटा कांग्रेसले गरेको कार्यक्रमको सभापतीत्व उपसभापती निर्मल प्रसाद ओझाले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अथिती प्रदेश नम्बर १ प्रदेश सभासदस्य लिला सुब्बा रहनु भएको थियो ।

त्यस्तै कार्यक्रमको विशेष अतिथी नेपाली कांग्रेस प्रदेश नम्बर १ सदस्य नविन किशोर शाक्य, महासमिती सदस्य सीता प्रधान, विपी बिचार राष्टिय समाज धनकुटाका अध्यक्ष गोविन्द थापा, सचिव विष्णु प्रसाद पौडेल, पाख्रिवास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङ्ग लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटाका सहसचिव रोशन श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नेपाली कांग्रेस धनकुटा सचिव जयन्द्र घिसिङ्गले गर्नु भएको नेपाली कांग्रेस धनकुटाका सहसचिव रोशन श्रेष्ठले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।