श्रीमानको कु’टाईबाट श्रीमतीको मृ’त्यु , श्रीमान प्रहरीको नियन्त्रणमा

ताप्लेजुङ, श्रावण ७ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-९ स्थितमा श्रीमानको कु’टाईबाट श्रीमतीको मृ’त्यु भएको छ भने कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो बेलुका ५ बजे फुङ्लिङ-९ का ६५ बर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ बर्षीया कान्छीमाया लिम्वुलाई घरायसी बाद बिबादका कारण कु’टपिट गर्दा कान्छीमायाको घटना स्थलमा नै मृ’त्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोली खटि कु’टपिट गर्ने साँवालाई पक्राउ गरेको छ भने मृ’तक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको साथै घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला अदालत लमजुङबाट शतप्रतिशत मुद्दा फर्स्योट
लमजुङ, ७ साउन /जिल्ला अदालत लमजुङले आर्थिक वर्ष २०७८/७९ मा शतप्रतिशत मुद्दा अदालतमा फर्स्योट गरेको दाबी गरेको छ । जिल्ला न्यायाधीश शिवप्रसाद खनालले अदालतले वर्षभर गरेका कार्यका बारेमा तयार गरिएको एक कार्यपत्र प्रस्तुत गर्दै अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गरेको बताए ।

उनका अनुसार जिल्ला अदालतमा अघिल्लो आवको जिम्मेवारी सरेका र सो आवमा नयाँ दर्ता भएका समेत कुल ५१२ मुद्दा फर्स्योट गर्ने लक्ष्य राखिएकोमा ५३० मुद्दाहरू फर्स्योट गरी लक्ष्यभन्दा बढी १०३ प्रतिशत मुद्दा फर्स्योट भएको छ ।

वार्षिक अनुमानित लागत ७४३ को आधारमा ७१.३३ प्रतिशत मात्र प्रगति भएको देखिएको छ । त्यस बाहेक हालसम्मको स्थिति आंकलन गर्दा कुल मुद्दा संख्या ८११ पुगेको हुँदा फर्स्योट प्रतिशत ६५.३५ प्रतिशत मात्र देखिन्छ।

गत आवको कुल अवधिमा ४६२ वटा मुद्दा दर्ता हुने अनुमान गरिएकोमा ५३० वटा नयाँ मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश खनालले बताए । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका मुद्दा २८१ रहेका छन् । तीमध्ये २१३ मुद्दा फर्स्योट भई ६८ वटा मुद्दा फैसला हुन बाँकी छ ।

त्यसैगरी, गत आवको अवधिमा दर्ता भएका नयाँ मुद्दा ३१७ वटा मध्ये २१३ वटा फर्स्योट भई चालु आवका लागि पनि गत आवको जस्तै २८१ वटा मुद्दाको जिम्मेवारी सरेकाे बताए । जिल्ला अदालतमा गत आवमा मात्र अनुमानभन्दा बढी मुद्दा दर्ता भएको नभई अघिल्ला दुई वर्षमा पनि अनुमानको तुलनामा बढी मुद्दा दर्ता भएको देखिन्छ ।

आव ०७६/७७ मा १५१ वटाको जिम्मेवारी सकेको थियो भने ३६६ वटा नयाँ दर्ता भए र त्यो वर्षमा कुल २९२ मुद्दा फर्स्योट भई प्रतिशतमा ५६.४८ प्रतिशत प्रगति भएको थियो । आव ०७७/७८ मा २२५ वटा जिम्मेवारी सरेका थिए भने नयाँ ४२९ दर्ता भएर र ३७३ वटा मुद्दा फर्स्योट भई ७५.०३ प्रतिशत प्रगति भएको थियो ।

गत आव ०७८/७९को अवधिमा २८१ वटा जिम्मेवारी सर्‍यो, ५३० वटा नयाँ दर्ता भए र ५२० वटा फर्स्योट भई ६५.३५ प्रतिशत प्रगति हासिल भएको जिल्ला न्यायधिश खनालले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।