हवाई फायरपछि ९५ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

धनुषा — भारतबाट नेपालमा लागूऔषध भित्र्याएर बिक्री–वितरण गर्दै आएको आशंकामा दुई भारतीय नागरिकलाई प्रहरीले हवाई फायर गरी पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार भारतबाट नेपालमा सञ्चालन हुने लागूऔषध कारोबारमा संलग्न गिरोहमाथि निगरानी गर्ने क्रममा ब्यूरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले शुक्रबार धनुषाको मिथिला नगरपालिका–६ मा कारबाही गरेको हो।

प्रहरीका अनुसार लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को कारोबार भइरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेपछि रोक्न चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरिएको थियो। त्यसपछि दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला निवासी २८ वर्षीय सन्तोष कुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।

उनीहरूको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन, दुई थान मोबाइल, एक थान भारतीय आधार कार्ड र एक थान भारतीय सवारी चालक अनुमतिपत्र बरामद भएको ब्यूरोले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केवर, धनुषामा बुझाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।