अतिक्रमित वनमा प्रशासनको एक्सन : धान फँडानीपछि २ बिघा क्षेत्रमा टिकको बिरूवा रोपियो

सञ्जय मिश्रा,

रौतहट, ८ साउन । रौतहटको गुजरा नगरपालिका–३ बलुवास्थित श्री अन्जुमन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र अतिक्रमण गरेर लगाइएको धान प्रशासनले हटाउँदै वन क्षेत्र पुनःस्थापनाको अभियान अघि बढाएको छ।

करिब एक महिनाअघि वन क्षेत्र खनजोत गरी धान रोपिएको सूचना प्राप्त भएपछि शुक्रबार सिडियो दिनेश सागर भुषालको नेतृत्वमा समन्वयात्मक पहल गरिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटका  प्रमुख एसपी सिताराम रिजाल, सशस्त्र प्रहरी बलका एसपी रामहरी अधिकारी तथा डिभिजन वन कार्यालयका  अधिकृत मनोज ठाकुरको समन्वयमा वन कर्मचारी, सशस्त्र प्रहरी र जङ्गलसहियासहितको संयुक्त टोली परिचालन गरिएको थियो।

संयुक्त टोलीले अनुमानित २ बिघा वन क्षेत्रमा अतिक्रमण गरी रोपिएको धान नष्ट गरेको छ। त्यसलगत्तै उक्त क्षेत्र पुनः वनको स्वरूपमा फर्काउने उद्देश्यले सागवान (टिक) का बिरुवा रोप्ने कार्यसमेत सम्पन्न गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।

वन क्षेत्र अतिक्रमण गरी खेती गर्ने प्रवृत्ति पछिल्ला वर्षहरूमा विभिन्न स्थानमा चुनौतीका रूपमा देखिँदै आएको छ। यस्ता गतिविधिले वनको जैविक विविधता, वातावरणीय सन्तुलन तथा सामुदायिक वन व्यवस्थापन प्रणालीमा प्रत्यक्ष असर पार्ने भएकाले समयमै प्रशासनले हस्तक्षेप गर्नु आवश्यक मानिन्छ।

यसपटक प्रशासनले अतिक्रमण हटाएर मात्रै नरोकी तत्काल वृक्षरोपणसमेत गरेकाले वन संरक्षणको सन्देश दिएको देखिन्छ। यद्यपि, यस्ता अतिक्रमण दोहोरिन नदिन नियमित अनुगमन, कानुनी कारबाही र स्थानीय समुदायको सक्रिय सहभागिता समान रूपमा आवश्यक रहने सरोकारवालाहरू बताउँछन्।

डिभिजन वन कार्यालयका अनुसार सार्वजनिक तथा सामुदायिक वनको संरक्षण, अतिक्रमण नियन्त्रण र हरित क्षेत्रको पुनःस्थापनाका लागि यस्ता संयुक्त अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।