प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

मोरङ, श्रावण ९ । मोरङको उर्लाबारी नगरपालिका २ झण्डी चौक स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २० बर्षीय विवेक धिमाल रहेका छन् ।

हिजो बेलुका ७ बजे अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले धिमाललाई प्रतिबन्धित औषधी Tramadol ६० capsule र Spaspain ६० Tablet सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका धिमालको ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

विदेशी मुद्राको आजको विनिमय दर
काठमाडौं, ९ साउन/नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको आजको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ १८ पैसा र बिक्रीदर १३० रुपैयाँ ८० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ७० पैसा र बिक्रीमा ९९ रुपैयाँ १६ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४१ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ९७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०८ पैसा र कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८० पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।