स्थानिय उत्पादनको प्रयोगलाई प्रोत्साहन माग
धनकुटा,११ साउन । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले गएको आर्थिक बर्ष २०७८-०७९ मा १० पटक धनकुटा जिल्लाका विभिन्न बजारको अनुगमन गरेको जनाएको छ । कार्यालयले आज धनकुटामा आयोजना गरेको बार्षिक समिक्षा गोष्ठीमा यस्तो जानकारी गराएको हो ।
कार्यलयले धनकुटा, हिले, भेडेटार, सिंधुवा, पाख्रिवास , छथरजोरपाटी, चौबिसे मुलघाट, महालक्ष्मी लगायतका स्थानमा रहेका बजारको अनुगमन घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख इश्वर थापाले जानकारी दिनु भयो । साथै कार्यलयले प्रविधी हस्तान्तरण, घुम्ती शिविर मार्फत स्थानिय स्तरमै उद्योग दर्ता नविकरण लगायतका काम गरेको समेत उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले स्थानिय उत्पादनको प्रयोग लाई प्रोत्साहन गर्दै लगे मात्र समग्र अर्थतन्त्रको विकास हुने बताउँनु भयो । त्यस्तै पत्रकार महासंघ धनकुटा अध्यक्ष नगेन्द्र राईले बजारमा बहुराष्ट्रिय कम्पनीहरुले एकाधिकार जमाउँदै लगेको अवस्थामा बजारमा के को माग छ भन्ने कुरा लाई अब उद्यमीहरुले बुझेर मात्र लगानी गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेलले तालिम र प्रमाण पत्र वितरण मात्र लाई ध्यान नदिएर तालिम लिएको जनशतिmले के कसरी काम गरि रहेको छ भन्ने कुरा लाई प्राथमिकताका साथ अनुगमन गर्नु पर्ने बताउनु भयो । साथै उहाँले उद्योग लाई प्रवद्र्धन गर्ने हिसाबले काम गर्नु पर्ने आवश्यता रहेको धारण राख्नु भयो ।
उद्योग प्रर्वद्धन समितीका संयोजक एवम् जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरेन तामाङ्गले मुलुकको आर्थिक विकासका लागि सबैले उद्यमशिलता तर्फ लाग्नु पर्ने धारण राख्नु भयो । उहाँले तालिम दिएको जनशतिm कुन अवस्थामा छ काम गरि रहेको छ वा तालिमको प्रमाण पत्र सिरानीमा राखेर काम खोजीरहेको छ भन्ने कुरा लाई खोज्न आवश्यता रहेको छ । कार्यक्रममा विभिन्न कार्यलयका कार्यलय प्रमुख, प्रतिनिधी , पत्रकार, उद्यमी कार्यलयका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यलय धनकुटा कर्मचारी अर्जुन गिरीले गर्नु भउको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कर्मचारी विकास कार्किले गर्नु भएको थियो ।





