आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अबसरमा ‘आदिबासी महोत्सव -२०२२’ कार्यक्रम गर्ने

युएई । वैदेशिक रोजगारको शिलाशिलामा युएईमा रहेका आदिबासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अबसरमा ‘आदिबासी महोत्सव -२०२२’ कार्यक्रम गर्ने तयारी गरेका छन् ।

यहीँ आउदो अगस्ट १४ मा युएईको दुबई शहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली दूतावास अबुधावीका महामहिम राजदूत कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने तयारी गरेका छन् ।

उक्त कार्यक्रममा आदिवासी जनजातिहरुको पुरातात्त्विक महत्त्व बोकेका भेषभूषा र कला सांस्कृतिक झाँकी प्रदर्शनका साथै आदिवासी युवाहरूको व्यक्तित्व विकासका लागि mr. & miss indigenous २०२२ प्रतियोगिता समेत राखिने जानकारी आदिवासी जनजाति महासंघ यूएईकि अध्यक्ष बिजय लक्ष्मी राईले दिएकी छिन् ।

प्रवासी कलाकारहरुको समेत बेजोड प्रस्तुत रहने उक्त कार्यक्रममा एक्सो २०२० मा नेपाल पेवेलियनका आयोजक आई.ई.जी. ग्रुपले एक्सो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्किने कला प्रदर्शन गर्ने प्रवासी कलाकारहरु र कोभिड महामारीको समय नेपाली समुदायको सेवामा अहोरात्र खटेका स्वयंसेवकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।