माझीको निधनप्रति मुख्यमन्त्रीद्वारा गहिरो दुःख व्यक्त

विराटनगर, १२ श्रावण । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारी नटीलाल माझीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राईले आज स्वर्गीय माझीको अन्तिम संस्कारमा सहभागी हुने क्रममा उहाँको निधनले कार्यालयले एक असल र अनुभवी कर्मचारी गुमाएको उल्लेख गर्नुभएको छ ।

माझी प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत हुनुहुन्थ्यो । सुनसरी दुहवी–७, फर्साही स्थायी घर भएका ४९ वर्षीय माझीको अन्तिम संस्कार सुनसरी दुहवीको बूढीगंगा विश्रान्ति आर्यघाटमा गरिएको छ ।

मुख्यमन्त्री कार्यालयका कर्मचारी माझी श्रावण ९ गते बिहान अचानक बेहोस हुनुभएको थियो । उहाँलाई तत्कालै मोरङ टंकिसिनवारीस्थित विराट टिचिङ अस्पताल पु¥याउँदा चिकित्सकले मस्तिष्कघातको आशंका गरेकोमा उपचारकै क्रममा बुधबार दिउँसो उहाँको निधन भएको हो ।

स्वर्गीय माझीको अन्तिम संस्कारमा मुख्यमन्त्रीसहित सचिवालयका सदस्य एवं सल्लाहकारहरूका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरू, कर्मचारीहरूको उपस्थिति रहेको थियो । स्वर्गीय माझीको परिवारमा श्रीमती र एक छोरी, ज्वाइँ हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।